२३ चैत्र २०८२, सोमबार | April 6, 2026

नेपालमा थपिए १०६६ नयाँ कोरोना संक्रमित, १६ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

८,५४० पीसीआर परीक्षणमा ८३५ जना र २,८१८ एन्टिजेन परीक्षणमा २३१ जना गरी १०६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा १,२३४ जना संक्रमणमुक्त भएका छन् भने १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

शनिबार सम्ममा नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार ८२ रहेको छ । जसमध्ये २३ हजार ६३६ जना होम आइसोलेसनमा र १४४६ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले बताएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २४३, झापामा ९६, ललितपुरमा ६६, कास्कीमा ५७, काभ्रेमा ५१, रुपन्देहीमा ४१, कैलालीमा २९, नुवाकोटमा २७, सुनसरीमा २६, भक्तपुरमा १३, नवलपरासी पूर्व र मोरङमा ११र११ जना संक्रमित भेटिएका छन् ।

 

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ५ : ४० बजे

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ