४ कार्तिक २०८३, बुधबार | October 22, 2026

चीन र भारतसँग जोडिएका सीमानाकामा पर्यटन सेवा केन्द्र स्थापना गर्न होटल ब्यवसायी महासंघको माग



महेन्द्रनगर । होटल ब्यवसायीहरुले चीन र भारतसँग नाका जोडिएका सबै नाकाहरुमा पर्यटन सेवा केन्द्र स्थापना गर्न माग गरेका छन् । कञ्चनपुको महेन्द्रनगरमा आज सम्पन्न होटल ब्यवसायी महासंघको केन्द्रीय समितिको बैठकले नेपालसँग सीमा जोडिएका चीन र भारतका नाकाहरुमा पर्यटन सेवा केन्द्र स्थापनाको माग गरेको हो ।

महासंघको चौथो बैठकले कारोना महामारीको बहानामा भारतीय मार्ग हुँदै नेपाल भित्रने पर्यटकहरुको आगमन नरोक्न सरकार समक्ष माग समेत गरेको छ । कोरोना माहामारीका कारण सबै भन्द्या बढी पर्यटन उद्योग मारमा परेको ठहर गर्दै बैठकले पर्यटन उद्योगलाई संचालन गर्न सरकारले अविलम्ब ठोस कदम चाल्न बैठकले माग गरेको महासंघका केन्दीय सचिव शंकर भण्डारीले बताए ।

सीमामा भारतिय सवारी प्रवेशमा रोक लगाएका कारण सिमावर्ति क्षेत्रका होटल व्यवसाय धारासायी भएको भन्दै सवारी आगामान सुचारु बनाउन समेत महासंघले माग गरेको छ ।

बैठकले होटल ब्यवसायी महासंघको संगठनलाई ७ वटै प्रदेशमा विस्तार गर्ने निर्णय गर्दै त्यसको खाका बनाउन वरिष्ठ उपाध्यक्ष दिनश चुकेको संयोजकत्वमा समिती बनाईएको सचिव भण्डारीले जानकारी दिए । चुकेकै संयोजकत्वमा आगामी पुस महिना भित्र महासंघको साधारणसभाको तयारी समिति गठन गरिएको भण्डारीले बताए ।

महासंघका अध्यक्ष हिराध्वज शाहको अध्यक्षतामा सम्पन्न बैठकको होटल ब्यवसायी महासंघ कञ्चनपुर शाखाले आतिथ्यता प्रदान गरेको थियो ।

 

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ११ : ३५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौँ । आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

पश्चिम नेपालका कम्युनिष्ट अगुवा बाबुराम गौतमको निधन

खजुरा । बाँकेका कम्युनिष्ट अगुवा तथा पूर्व प्रदेश सभा सदस्य

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं । बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)को

एयर पेस्तोल देखाई मार्ने धम्की दिने एक जना पक्राउ

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाई मार्ने

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

पेरिस । फ्रान्सका विभिन्न सहरमा भएका दङ्गाका दृश्य विश्वभर फैलिएपछि