२० मंसिर २०८२, शनिबार | December 6, 2025

मुलुक सहि बाटोमा फर्किएर अगाडि बढिरहेको छ : मुख्यमन्त्री केसी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले संविधान पालनमा केही चुनौती आएपनि राष्ट्र सहि बाटोमा फर्किएर अगाडि बढिरहेको बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस-२०७८ को मूल समारोहलाइ सम्बोधन गर्दै केसीले संविधानको पूर्ण पालन र संवर्धनका लागि सबै नेपालीहरुलाइ आग्रह समेत गरेका हुन ।

उनले संविधान गतिशील दस्तावेज भएको भन्दै उनले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउदै लैजान सकिने समेत बताए ।

‘हाम्रो संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था लगायत वलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गरेको छ ।’ उनले भने- ‘यो ऐतिहासिक दिनमा सम्पूर्ण नेपाली तथा प्रदेशबासी जनसमुदायमा बधाई ज्ञापन गर्दै आफ्ना अधिकारहरूलाई संस्थागत गरेको संविधानप्रति गौरव गर्न अपील गर्दछु ।’

सार्वभौम नेपाली जनताले आफ्नो संविधान आफै जारी गरेको ऐतिहासिक दिन संविधान दिवस तथा राष्ट्रिय दिवस-२०७८ मनाइएको हो ।

प्रदेश पदक सिफारिश समितिले गरेको सिफारिस अनुसार ५७ जनालाई प्रदेश सरकारको तर्फबाट कदर तथा सम्मान स्वरुप प्रदेश पदकद्वारा विभूषितका लागि नाम घोषणा गरे ।

सो अबसरमा प्रदेश प्रमुख अमिक शेरचन, सभामुख पूर्णबहादुर घर्ती मगर, उपसभामुख कृष्णी थारु, पर्यटन तथा सहकारी बिकास मन्त्री डिल्ली चौधरी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ११ : ४४ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल