१ पुस २०८२, मंगलबार | December 16, 2025

एमाले स्थायी कमिटी बैठक : विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्तावहरुमाथि छलफल प्रारम्भ



काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटीको बैठक सकिएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्तावहरुमाथि छलफल प्रारम्भ भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

एमालेको विधान महाधिवेशन यही असोज १५ देखि १७ सम्मका लागि तय गरिएको छ । त्यसमा तीन वटा प्रस्ताव पेस हुने भट्टराईले बताए । ‘विधान संशोधनसम्बन्धी, राजनीतिक प्रतिवेदनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमाथि छलफल सुरु भएको छ’ उनले भने ।

स्थायी कमिटीमा सुरु भएको प्रस्तावहरुमाथिको छलफलमा आज अमृत बोहरा, केशव बडाल, पुष्प कडेल, घनश्याम भुसाल र युवराज ज्ञवालीले आफ्नो विचार प्रस्तुत गरेका थिए ।

बैठक भोलि पनि बस्नेछ । बाँकी स्थायी कमिटी सदस्यले आफ्नो सुझाव राखेर यो प्रतिवेदनलाई आवश्यक सुझावको आधारमा परिमार्जन गरेर ८ र ९ गते आयोजना हुने केन्द्रीय कमिटीको बैठकमा पेस हुने भट्टराईले जानकारी दिए । उनले भने, ‘केन्द्रीय कमिटीमा आएका सुझावहरुलाई समेत समावेश गरीकन असोज १५, १६ र १७ गतेको राष्ट्रिय विधान महाधिवेशनमा दस्तावेजहरु प्रस्तुत हुने छन् ।’

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ७ : २० बजे

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि