५ पुस २०८२, शनिबार | December 20, 2025

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै



काठमाडौं । विधान महाधिवेशनमा पेस गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठानिक प्रतिवेदनमाथि छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । हिजोदेखि जारी बैठक आज दिउँसो १ बजे बस्ने एमालेले जनाएको छ ।

एमालेका केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा हिजो भएको स्थायी कमिटी बैठकमा ती प्रतिवेदन पेस भई छलफल सुरु भएको र बैठकमा छलफल जारी रहने जानकारी दिए ।

आइतबारको छलफलमा नेताहरू युवराज ज्ञवाली, घनश्याम भुसाल, अमृतकुमार बोहरा, केशव बडाल, डा पुष्प कँडेलले भाग लिएका थिए । एमालेको विधान महाधिवेशन १५ देखि १७ असोजसम्म ललितपुरको गोदावरीमा हुने तय भएको छ ।

एमालेको केन्द्रीय कमिटीको गत २५ साउनमा सम्पन्न केन्द्रीय कमिटीको बैठकको निर्णयका आधारमा तयार विधानको मस्यौदा प्रस्ताव मातहतका कमिटीमा सुझावका लागि पठाएको थियो ।

विधानमा पार्टीको प्रमुख पदमा उमेर हद, कमिटीमा निर्वाचन प्रणाली, सङ्घीयता अनुकूलका व्यवस्थामा छलफल भइरहेको जनाइएको छ । प्रतिवेदनमा स्थायी कमिटीका प्राप्त सुझावका आधारमा यही ८ र ९ असोजमा बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने जनाइएको छ । एमालेको १०औं राष्ट्रिय महाधिवेशन आगामी १० देखि १२ मंसिरमा हुने तय गरिएको छ ।

एमालेले राष्ट्रिय महाधिवेशन पूर्व असोजभित्र सदस्यता नवीकरण, वडा र पालिकास्तरका अधिवेशनको कार्यतालिका बनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ८ : ३३ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता