२४ मंसिर २०८२, बुधबार | December 11, 2025

१४सांसदबारे एमाले अध्यक्ष ओलीद्वारा दायर रिट हेर्दाहेर्दैमा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र नेकपा एकीकृत समाजवादी विरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथि आज पनि सुनुवाइ सकिएन ।

न्यायाधीसद्वय दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा रहेको उक्ता मुद्दाको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

पार्टीले निस्काशन गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै ओलीले सभामुख सापकोटा विरुद्ध रिट दायर गरेका थिए ।

सभामुख सापकोटाले १४ सांसदलाई पदमुक्त गरेको सूचना नियतवस नटाँसेर पार्टी फुटाल्ने मतियार बनेको आरोप लगाएका छन् । तीनै निस्काशित व्यक्तिको सनाखत गरे।र नयाँ दल दर्ता गरेको भन्दै निर्वाचन आयोगलाई र एकीकृत समाजवादीलाई पनि विपक्षी बनाइएको छ ।

ओलीको पक्षमा अन्तरिम आदेश जारी भएमा एकीकृत समाजवादीमा रहेका माधवकुमार नेपालसहित १४ जना सांसदको पद गुम्नेछ । अन्तरिम आदेश जारी नभएमा भने उनीहरुलाई राहत मिल्नेछ ।

अदालतमा मुद्दा दायर गरेको एमालेले १४ सांसदलाई कारवाही नगरेको भन्दै संसदभित्र सभामुख सापकोटाको विरुद्ध निरन्तर रोष्टम घेराउ गरिरहेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ४ : ४६ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल