१ भदौ २०८३, सोमबार | August 17, 2026

१४सांसदबारे एमाले अध्यक्ष ओलीद्वारा दायर रिट हेर्दाहेर्दैमा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र नेकपा एकीकृत समाजवादी विरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथि आज पनि सुनुवाइ सकिएन ।

न्यायाधीसद्वय दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा रहेको उक्ता मुद्दाको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

पार्टीले निस्काशन गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै ओलीले सभामुख सापकोटा विरुद्ध रिट दायर गरेका थिए ।

सभामुख सापकोटाले १४ सांसदलाई पदमुक्त गरेको सूचना नियतवस नटाँसेर पार्टी फुटाल्ने मतियार बनेको आरोप लगाएका छन् । तीनै निस्काशित व्यक्तिको सनाखत गरे।र नयाँ दल दर्ता गरेको भन्दै निर्वाचन आयोगलाई र एकीकृत समाजवादीलाई पनि विपक्षी बनाइएको छ ।

ओलीको पक्षमा अन्तरिम आदेश जारी भएमा एकीकृत समाजवादीमा रहेका माधवकुमार नेपालसहित १४ जना सांसदको पद गुम्नेछ । अन्तरिम आदेश जारी नभएमा भने उनीहरुलाई राहत मिल्नेछ ।

अदालतमा मुद्दा दायर गरेको एमालेले १४ सांसदलाई कारवाही नगरेको भन्दै संसदभित्र सभामुख सापकोटाको विरुद्ध निरन्तर रोष्टम घेराउ गरिरहेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ४ : ४६ बजे

परराष्ट्रको ‘नेपाली नागरिकको उद्धार तथा शव फिर्ती कार्यविधि’ अर्थमा

काठमाडौं । परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको उद्धार तथा

३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जितो १० लाखको बम्पर उपहार

काठमाडौं । करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत साउनको दोस्रो पाक्षिक पुरस्कारका विजेताहरू

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको

कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘कृषि पशुपन्छी तथा

विश्वासको मत नपाउने भएपछि बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका