२२ मंसिर २०८२, सोमबार | December 8, 2025

नयाँ प्रतिबन्धले अफगानिस्तानमा महिला थप आक्रोशित



काबुल । अफगानिस्तानमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि महिला र छात्राहरूको अधिकारमा निरन्तर कडाइ र बन्देज बढाइएको छ । सोमबार तालिबानले महिलाहरूको अधिकार र स्वतन्त्रतामा थप कडा पार्दै जाने सङ्केत गरेको छ।

महिलाहरूलाई काममा पहुँच कम गर्ने र केटीहरूलाई विद्यालय जानबाट रोक्ने लगायतका कदमहरू चाल्न थालिएको छ। तालिबानको विगतको शासन क्रूर एवं दमनकारी रहेकाले यस पटक उनीहरूले स्वतन्त्रता र उदारतालाई प्राथमिकता दिने गरेको घोषणा पनि क्रमशः लागू नहुने र विगतको जस्तै कठोर शासन सञ्चालन गर्ने सङ्केत तालिबानले दिएको छ।

परराष्ट्र मन्त्रालयकी वरिष्ठ अधिकृतले सेवाबाट बर्खास्तीमा परेपछि आफूहरू ठूलो पीडामा परेको एएफपीलाई बताएकी छिन् । उक्त मन्त्रालयमा काम गर्ने थुप्रै महिलाहरूले जागिर गुमाउनु परेको छ। जसले महिलाहरूले मरेतुल्य हुनु परेको टिप्पणी गरेका छन् ।

यसैगरी राजधानी काबुलको एक नगरपालिकाका मेयरका अनुसार त्यहाँ कार्यरत महिला कर्मचारीको स्थानमा अब छिट्टै पुरुष कर्मचारी भर्ना गरिनेछ । शिक्षा मन्त्रालयले पछिल्ला दिनहरूमा पुरुष शिक्षक र विद्यार्थीहरूलाई मात्र अध्ययन अध्यापनमा फर्किन आग्रह गरेको छ। यद्यपि नयाँ शासकहरूले यस किसिमको औपचारिक नीतिको घोषणा भने गरेका छैनन् । शुक्रबार सबै पुरुष कर्मचारी उपस्थित भएर पूर्व सरकारको महिला मामिला मन्त्रालय बन्द गरिएको छ। यस्ता कदमले सबै महिलाहरू भयभीत भएका छन् । उनीहरू अब राम्रो रोजगारी नपाउने चिन्ताले छट्पटिएका छन् ।

देशमा बिग्रदै गएको स्वास्थ्य अवस्था र बाह्य सहयोगको कटौतीले चिन्तित बन्दै गएको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेसुस तालिबान नेतृत्वसँगको वार्ता अघि सोमबार काबुलमा पुगेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ६ : ४१ बजे

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता

नागढुङ्गा-नौबिसे सडक मङ्सिर २४ गतेदेखि दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे

मोबाइलदेखि कम्प्युटरसम्म, आँखादेखि कानसम्म : यी हुन् दलहरूका चुनाव चिह्न

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई