२३ चैत्र २०८२, सोमबार | April 6, 2026

सरकारले बोलायो राजनीतिक नियुक्ति पाएका राजदूतहरुलाई फिर्ता, प्रधानमन्त्री देउवाका सासु पनि फिर्ताको लिस्टमा



काठमाडौं । देउवा सरकारले यस अघि राजनीतिक नियुक्तिकाट बिभिन्न देशमा पठाइएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले रानीतिक नियुक्ति गरिएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिए । सरकारको यो निर्णयसँगै भारत, चीन, अमेरिका, बेलायत, जापानलगायतका देशमा रहेका राजदूत फिर्ता हुने भएका छन् । हाल भारतमा निलाम्बर आचार्य, अमेरिकामा डा. युवराज खतिवडा, चीनमा महेन्द्रबहादुर पाण्डे, बेलायतमा लोकदर्शन रेग्मी र जापानमा प्रधानमन्त्री देउवाका सासुआमा प्रतिभा राणा राजदूत छन् ।

राजदूतमा नियुक्त भएका परराष्ट्र मन्त्रालयका कर्मचारीबाहेक राजनीतिक भागवण्डाका आधारमा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

मन्त्री कार्कीका अनुसार मन्त्रिपरिषदको बैठकले सल्लीसल्ला– सिमिकोट खण्डको डुल्लीकुनादेखि लालीबगर सडकखण्डको ७ किलोमिटर सडक तथा लैफुबद्री गाउँदेखि हुक्का खोलासम्म १३।५ किलोमिटर सडकखण्डको ट्रयाक निर्माण कार्यको ठेक्का नेपाली सेनालाई दिने निर्णय गरेको छ ।

कोभिड–१९ सङ्कट व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गर्ने, औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने समेत आजको मन्त्रिपरिषद्ले निर्णय गरेको प्रवक्ता कार्कीले बताए । उनले कोभिड–१९ व्यवस्था २०७८ स्वीकृत गर्ने सम्बन्धमा संयुक्त राष्ट्र सङ्घको ७६औँ महासङ्घको सभामा भाग लिन जाने प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको पनि जानकारी दिए ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ७ : ०८ बजे

बाल सुधार गृहमा रहेका बालबिज्याईकर्ताहरुलाई खेलकुद सामाग्री

नेपालगन्ज । विश्व खेलकुद दिवसको अवसरमा जयन्दू बाल सुधार गृहलाई

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

काठमाडौँ । सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन

काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा वर्षा, बुधवार धेरै स्थानमा वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

लुम्बिनी प्रदेशका सांसदसँग प्रधानमन्त्री, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै