२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

बुटवल उपमहानगरपालिकाको प्रतिरक्षामा एमाले उपमहानगर कमिटी, प्रदेश र संघिय सरकारबाट चुरे संरक्षण गर्न माग



बुटवल । बुटवल उपमहानगरपालिकामा पुर्वाधार विकासका कामलाई थप अध्ययन र अनुसन्धान गरि कायान्वर्यन गरिनुपर्ने नेकपा एमाले बुटवल उपमहानगर कमिटिले सुझाव दिएको छ। बुटवल नगरको गरिमा बचाउने गरि चुरे पहाड र तिनाउ उकास क्षेत्रमा बन्ने सबै खाले विकास निर्माणका सानाठुला आयोजनालाई विज्ञहरुको थप अध्ययन गरेर मात्र संचालन गर्न एमाले उपमहानगर कमिटीले सुझाव दिएको हो ।

मंगलबार बुटवलमा ग।िएको पत्रकार सम्मेलनमा बोल्दै एमाले उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीले धार्मिक, सामरिक, ऐतिहासिक साथै ब्यापारिक केन्द्रका रुपमा विकास भएको बुटवलका बस्तिहरु जोखिममा देखिएको बताए । उनले जोखिमलाई न्युनिकरण गर्दै मानविय र भौतिक जोखिम कम गर्न ३ तहकै सरकारको योजना अगाडि ल्याउनुपर्ने बताए।

उपमहानग। भित्र बन्न लागेको हिलपार्कमा विगबुद्घको डिपिआर, बसन्तपुर र नुवाकोटमा बन्ने केबलकार, पिठौलिया ताल, थारु भिलेज, खुलामन्च लगायतका विषयमा वातावरण विज्ञबाट अध्ययन जरुरी रहेको पन्थीले बताए । ‘देशमा राजनीति परिवर्तन भएपनि कर्मचारीतन्त्र यथावत रहदा विकास निर्माणको तिव्रतामा समस्या देखिएको छ ।’ उनले भने, -‘पहिरो ब्यवस्थापनको विषय अब स्थानिय सरकारको क्षमताभन्दा बाहिर गैसकेको छ।’

संघिय र प्रदेश सरकारले अब छिटो भन्दाछिटो यस विषयमा योजना ल्याउन एमाले नगर कमिटीले माग गरेको छ। संघिय सरकारको क्षेत्राधिकारमा पर्ने चौराहादेखि गोलपार्कसम्म तथा कालिकापथ सडक क्षेत्रको भित्री बाटो निर्माणमा भएको ढिलाई हुदा स्थानियहरुले सास्ति भएको भन्दै उनले राइट अफ वे निर्माण सकिदा पनि ठेगेदारलाई ताकेता गर्न कर्मचारी चुकेको जिकिर गरे।

लक्ष्मीनगर, ज्योतिनगर क्षेत्रमा सोमबार पहिरो अवलोकनमा गएका बुटवलका नगरप्रमुख शिवराज सुवेदीमाथी भएको दुर्ब्यावहारलाई जनतामाथि परेको पीडाको अभिब्यक्ति भएको भन्दै उनले यसलाई सामान्य रुपमा लिनुपर्ने बताए। जहाजै डुबेको ठान्न नहुने तर्क गर्दै पन्थीले अन्त कतैबाट परिचालित भएको वा आफै गरेको भन्ने अनुसन्धान गरिएपनि नेकपा एमाले अब त्यसलाई मुद्दामामिलामा नलाग्ने जानकारी दिए। सो क्षेत्रमा पहिरो पन्छ्याउने काममा मात्रै अहिलेसम्म ८० लाख बढि खर्च भएको बताउँदै नगर क्षेत्रमा राष्ट्रपति चुरेमार्फत गतवर्षबाट २ करोड लगानीमा रोकथामका काम जारि रहेको बताए । उनले स्थानीयबासीलाईअन्यत्र स्थापित गर्ने बाहेकको विकल्प नरहेको अध्ययन अनुसन्धानले देखिएको बताउँदै विकासमा राजनिति आग्रह गरे।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ९ : १९ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार