११ श्रावण २०८३, सोमबार | July 28, 2026

बोलेरोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु



उदयपुर । उदयपुरको बेलका नगरपालिका-९ खारखोलामा बोलेरोको ठक्करबाट सख्त घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ठक्करबाट गम्भीर घाइते भएका बेलका-२ का ४० वर्षीय रामचन्द्र राईको मृत्यु भएको हो ।

बुधबार दिउँसो मदन भण्डारी मार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश १-०२-००२ च ४८७४ नम्बरको बोलेरोले बेलका-९ खारखोलाबाट पश्चिम जाँदै गरेको स ४ प ९१०५ नम्बरको मोटरसाइकलमा सवार रामचन्द्रलाई ठक्कर दिएको थियो ।

बोलेरोको ठक्करबाट घाइते रामचन्द्रलाई तत्कालै उपचारका लागि सुनसरीस्थित बिपी मेमोरियल अस्पताल धरानमा लगिएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए । चालक र बोलेरोलाई इलाका प्रहरी कार्यलय बेलका रामपुरले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ८ : ०२ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला