२१ असार २०८३, आइतबार | July 5, 2026

एमसीसीका नाममा गठबन्धन तोड्ने सपना नदेखे हुन्छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससहितको ५ दलीय गठबन्धन आगामी चुनावसम्म कायम रहने बताएका छन्।

काभ्रेको पाँचखालमा वाईसीएल नेपालको दोस्रो नगर सम्मेलन बिहीबार उद्घाटन सम्बोधन गर्दै प्रचण्डले एमसीसीका नाममा गठबन्धन तोड्ने प्रयास जारी रहेको बताए । उनले एमसीसी भन्दा गठबन्धन मुख्य रहेको बताउँदै आफ्ना लागि अहिले एमसीसीभन्दा गठबन्धन जोगाउनु महत्वपूर्ण रहेको बताए ।

अध्यक्ष प्रचण्डले कुनैपनि बहानामा गठबन्धन नटुट्ने दाबी गर्दै गठबन्धनका नेताहरुका बीच आगामी चुनावसम्म गठबन्धन कायम राख्ने र चुनाव लड्ने संकल्प गरेको खुलासा गरे । ‘हिजो बेलुका शीर्ष नेताहरुको गठबन्धनको बैठकमा जस्तोसुकै मूल्य चुकाएर पनि आगामी चुनावसम्म गठबन्धन कायम राख्ने र चुनाव लड्ने संकल्प गरेका छौं,’ प्रचण्डले भने, ‘एमसीसी ल्याएर गठबन्धन टुटाइदिने, एमसीसी भएपछि प्रचण्ड र शेरबहादुर झगडा गर्छन्। अनि गठबन्धन टुट्छ भन्ने केहीको चाहना चकनाचुर पारेका छौं। हाम्रो गठबन्धनमा एमससी मुख्य होइन, गठबन्धन मुख्य बनाएका छौँ।’

गठबन्धनमार्फत जस्तोसुकै मूल्य चुकाउन तयार तर गठबन्धन भत्काउन नदिने संकल्प समेत गरेको प्रचण्डले दावी गरे ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ३ : ०८ बजे

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा सर्पको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा । गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर

एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । उपाधिको प्रमुख दाबेदार फ्रान्स फिफा विश्वकप २०२६ को

हात्तीको आक्रमणमा आमाछोराको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु