२९ भदौ २०८३, सोमबार | September 14, 2026

कुमारी बैंकले दियो महिलाहरुलाई आत्मरक्षा प्रशिक्षण



काठमाडौ । कुमारी बैंकले महिलाहरुलाई आत्मरक्षा प्रशिक्षण दिएको छ । “आत्मरक्षाको माध्यमबाट महिला सशक्तिकरण“ को उद्देश्य सहित बैंकले आफ्नो २० औ वार्षिकोत्सवको अवसरमा महिला हिंसाको न्युनीकरण तथा प्रतिकार गर्न देशको विभिन्न स्थानहरुमा महिलाहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिएको हो ।

महिलाहरुलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा सशक्त बनाई आत्मरक्षा गर्न सक्षम बनाउने एवं उपकरण र प्रविधिसंग परिचित गराइ आत्म मनोवल उच्च बनाउने उद्देश्य सहित उक्त प्रशिक्षण शुरु गरिएको थियो ।

महिला मैत्री वातावरण सहितको कार्यस्थललाई अग्रस्थानमा राखि कुमारी बैंक लिमिटेडले कारोवार गर्दै आइरहेको र यस किसिमको प्रशिक्षणबाट महिलाहरुमा थप जागरूकता, मौखिक रक्षा, झूटा आरोप तथा आत्मसमर्पण रक्षा, शारीरिक रक्षा, र कानूनी रक्षा सम्बन्धी विषयमा प्रशिक्षित भई उच्च मनोवलका साथ अगाडि बढ्न प्रेरित हुने तथा आत्मारक्षा सम्बन्धमा जनचेतनामा समेत विस्तार हुनेमा बैंक विश्वस्त रहेको छ । सुदुर पश्चिम प्रदेश र बागमती प्रदेशमा प्रशिक्षण संचालन सम्पन्न भइसकेको छ भने त्रमशः अन्य प्रदेशहरुमा पनि संचालन गर्ने तयारी भइसकेको छ ।

आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन गरी कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७२ एटिएम, ३२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ३ : ४६ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ