१७ जेष्ठ २०८३, आइतबार | May 31, 2026

एनभीए भलिबल च्याम्पियनसिप आजबाट, उद्घाटन खेल आर्मी र कर्णालीबीच



काठमाडौं । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप आज (आइतबार) देखि सुरु हुँदैछ । नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने भएको हो ।

च्याम्पियनसिपको पहिलो दिन पुरुषतर्फको चार खेल हुँदे छ । उद्घाटन खेलमा पुरुषतर्फ विभागीय टिम त्रिभुवन आर्मी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । समूह सी मा रहेको आर्मी र कर्णालीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा समूह डी को एपीएफ क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीचको खेल बिहान ११ बजे सुरु हुनेछ । पुरुषतर्फको तेस्रो खेलमा समूह ए को बागमती प्रदेश र गल्कोट स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपाल पुलिस क्लब र दावाली मिलन क्लबबीच प्रतिस्पर्धा हुने आजको चौथो खेल अपराह्न ३ः३० बजे सुरु हुनेछ । महिलातर्फको खेल मंगलबारबाट सुरु हुनेछ । प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ ।

क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ उत्कृष्ट ७ र महिलाको ५ टोलीले चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउनेछन । प्रतियोगिताको विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख तथा तेस्रोले १ लाख प्राप्त गर्नेछ । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार तथा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार रुपैयाँ पाउनेछन ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ७ : ५७ बजे

पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छ : अमेरिकी उपविदेशमन्त्री रोजर्स

काठमाडौँ । अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी

बेथिति हटाउन र भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकलाई सुशासनतर्फ लिन बेथिति हटाउने

बुद्ध परिपथ क्षेत्रको विकासका लागि सम्झौता

भैरहवा । बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तरराष्ट्रियस्तरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय

प्रधानमन्त्री बनेपछि थाहा पाएँ – भारतले मात्र होइन, नेपालले पनि भूमि अतिक्रमण गरेको रहेछ

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद समाधानका लागि

देशभर ६२ लाख ४९ हजार ७३२ सवारीसधान

काठमाडौं । देशभर दर्ता भएका सवारीसाधनको सङ्ख्या ६२ लाख माथि