२४ मंसिर २०८२, बुधबार | December 11, 2025

एनभीए भलिबल च्याम्पियनसिप आजबाट, उद्घाटन खेल आर्मी र कर्णालीबीच



काठमाडौं । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप आज (आइतबार) देखि सुरु हुँदैछ । नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने भएको हो ।

च्याम्पियनसिपको पहिलो दिन पुरुषतर्फको चार खेल हुँदे छ । उद्घाटन खेलमा पुरुषतर्फ विभागीय टिम त्रिभुवन आर्मी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । समूह सी मा रहेको आर्मी र कर्णालीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा समूह डी को एपीएफ क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीचको खेल बिहान ११ बजे सुरु हुनेछ । पुरुषतर्फको तेस्रो खेलमा समूह ए को बागमती प्रदेश र गल्कोट स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपाल पुलिस क्लब र दावाली मिलन क्लबबीच प्रतिस्पर्धा हुने आजको चौथो खेल अपराह्न ३ः३० बजे सुरु हुनेछ । महिलातर्फको खेल मंगलबारबाट सुरु हुनेछ । प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ ।

क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ उत्कृष्ट ७ र महिलाको ५ टोलीले चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउनेछन । प्रतियोगिताको विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख तथा तेस्रोले १ लाख प्राप्त गर्नेछ । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार तथा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार रुपैयाँ पाउनेछन ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ७ : ५७ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल