३ पुस २०८२, बिहिबार | December 18, 2025

विवाह अस्वीकारपछि हत्या



ताप्लेजुङ । शुक्रबार मृत अवस्थामा भेटिएकी १८ वर्षीय पुष्पा लिम्बूको योजनाबद्ध रूपमा हत्या भएको प्रहरीले जनाएको छ । घटनाबारे भएको प्रारम्भिक अनुसन्धानका क्रममा सुनियोजितरूपले हत्या भएको देखिएको प्रहरीले जनाएको हो ।

हत्या आरोपमा फुङलिङ नगरपालिका-१० का ट्र्याक्टर चालक राम कार्कीलाई पक्राउ गरी भएको अनुसन्धानका क्रममा योजनाबद्ध रूपले हत्या भएको पाइएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बताए । उनका अनुसार आइतबार पक्राउ परेका कार्कीले बयानका क्रममा पुष्पाको हत्या गरेको स्वीकार गरेका छन् ।

“पक्राउ परेका कार्कीले आफूले हत्या गरेको स्वीकार गरेका छन्, प्रारम्भिक अनुसन्धानका क्रममा उनले दिएको बयानबाट योजनाबद्ध ढङ्गले हत्या भएको देखिन्छ”, प्रनाउ राणाले भने । आइतबार जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान सुरु गरिएको राणाले बताए ।

विगत नौ महिनादेखि प्रेम सम्बन्धसँगै शारीरिक सम्बन्ध भएको तर विवाहको प्रस्ताव भने अस्वीकार गरेपछि विवाद हुँदा आफूले हत्या गरेको कार्कीले प्रहरी समक्ष बयान दिएका छन् । विवादपश्चात टाउकोमा ढुङ्गाले प्रहार गरेको र त्यसपछि जबरजस्ती विषादी खुवाई भीरबाट धकेलेर झारेको कार्कीले बयान दिएका छन् ।

फक्ताङलुङ गाउँपालिका-३ भर भई सदरमुकाममा डेरा गरी बस्दै आएकी पुष्पा तबेबुङ (लिम्बू) भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन् । उनको शव फुङलिङ नगरपालिका-७ स्थित चारपाटेदेखि फुङलिङ बजार आउने जाने गोरेटो बाटोभन्दा २५ फिटमुनि फेला परेको थियो । रासस

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ६ : ५१ बजे

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको