१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दलसम्बन्धी अध्यादेश खारेजको पत्र पढेर सुनाइने



काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको नवौँ अधिवेशनको नवौँ बैठक आज बिहीबार बस्दैछ । बैठक आज दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त दलसम्बन्धी अध्यादेश खारेजसम्बन्धी पत्रको व्यहोरा सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाउने उल्लेख छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ११ असोजमा अध्यादेश खारेज गरेकी थिइन् ।

आजको बैठकमा महालेखा परीक्षकको कार्यालयको ५८ औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । यो प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गर्नेछन् । महालेखाले गत भदौमा राष्ट्रपति भण्डारीलाई प्रतिवेदन बुझाएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ७ : १३ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज