१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध कायमै



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले सभाको बैठक सुचारु भएको जनाए लगत्तै एमालेका सांसदहरुले रोष्टम अगाडि आएर प्रदर्शन गरेका छन् ।

सभामुख सापकोटाले सभाको बैठकमा भइरहेको नियमित अवरोधले संसदको काम कारबाहीमा समस्या परेको र संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाहरुको सम्बन्धमा न्याय निरुपणमा प्रतिकुल असर पार्ने विषयमाथि संसदहरुको कुनै पनि सदनमा छलफल गर्न बन्देज गरिएको बताए पनि प्रमुख प्रतिपक्ष दलले नाराबाजी जारी राख्दै संसद अवरुद्ध बनाए ।

सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ को खण्ड ख, ग र घका प्रावधानहरु सबै सांसदहरुले पालना गर्न अनुरोध गरेका थिए ।

एमाले सांसदहरुको बिरोधकाबीच सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालयबाट अध्यादेश खारेज र विधेयकहरु प्रमाणीकरण भएको कुरा जानकारी गराए । बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन २०७८ पेस गरेका थिए ।

प्रतिनिधि सभाको अर्को बैठक असोज १९ गते मंगलवार दिउँसो १ बजे बस्ने भएको छ । बैठक जम्मा ८ मिनेट बसेको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  २ : ४८ बजे

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।