२४ मंसिर २०८२, बुधबार | December 11, 2025

एनभीए भलिबलको फाइनल आज



काठमाडौं । एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल आज हुँदैछ ।

शनिबार त्रिपुरेश्वरस्थित मैदानमा उपाधिका लागि पुरुषतर्फ हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फ एपीएफ क्लब र न्यु डायमण्ड क्लब भिड्नेछन् ।

प्रतियोगिताको अन्तिम चारको भिडन्तमा पुरुषतर्फ हेल्प नेपालले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरको थियो ।

पुरुष तर्फको दोस्रो खेलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ३(० को सोझो सेटमै पराजित गरेको थियो ।

महिला तर्फको खेलमा न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई ३(२ को सेटमा पराजित गरेको थियो भने त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले लगातार च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको हो ।

तेस्रो स्थानका लागि पुरुष तर्फ नेपाल पुलिस र एपीएफ तथा महिला तर्फ नेपाल पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले दुबै तर्फ ४ लाख पाउनेछन् । यस्तै उपविजेता टोलीले समान २ लाख प्राप्त गर्नेछ । तेस्रो स्थानको टोलीले १ लाख पाउनेछ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ८ : ०५ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल