२४ चैत्र २०८२, मंगलबार | April 8, 2026

बुटवल लगानीमैत्री र व्यवसायिक वातावरणमा मुलुकमै प्रथम



बुटवल, असोज १८ । लगानी र व्यवसायिक वातावरण निर्माण भएको नगरका रुपमा बुटवल उपमहानगर मुलुककै पहिलो भएको छ । व्यवसायिक वातावरण सूचकमा मुलुकभरका नगरलाई उछिन्दै बुटवललाई उत्कृष्ट स्थान प्राप्त भएको छ ।

जर्मन सहयोग नियोग (जीआइजेड) ले विषयगत विज्ञहरुमार्फत मुलुकका ११ वटा नगरपालिकाको सर्वेक्षण गरेको थियो । देशभरका नगरपालिकामध्येबाट जनघनत्व र आर्थिक केन्द्रका रुपमा विकास भइरहेका ११ वटा नगरलाई छनौट गरि त्यहाँको लगानीको अवस्था, वातावरण र व्यवसायको क्षेत्रका बारेमा सूचक बनाएर सर्वेक्षण गरिएको जीआइजेडका नेशनल टिम लिडर दिप्ति खकुरेलले बताईन् ।

स्थानीयस्तरमा रोजगारी सिर्जनाको अवस्था, नयाँ लगानीका क्षेत्र, विद्यमान लगानीको अवस्था र नयाँ वातावरण निर्माण, उद्यामीशलताको विकास, जीविकोपार्जनमा सहजता ल्याउन गरिएका प्रयासलाई मूल्यांकनको आधार बनाइ सर्वेक्षण गरिएको जीआइजेडले जनाएको छ । सोही मूल्यांकनका आधारमा बुटवल मुलुकमै पहिलो भएको हो ।

जीआइजेडले बुटवललाई लगानीमैत्री र व्यवसायिक वातावरणमा मुलुकमै उत्कृष्ट नगरका रुपमा अवार्ड प्रदान गरेको छ । उपमहानगरका प्रमुख शिवराज सुवेदीलाई जीआइजेडका नेशनल टिम लिडर दिप्ति खकुरेलसहित आएको जीआइजेडको टोलीले प्रमाण पत्र र अवार्ड प्रदान गरेको थियो ।

स्थानीय लघु, साना तथा मझौला उद्योगहरूको व्यवसायको अवस्था, सुधारका साथै यसका सेवा प्रदायकहरूको बिक्रीपछिको सेवा सुनिश्चितता र लगानीको वातावरणका बारेमा विज्ञहरुले सर्वेक्षण गरेका थिए । सोही आधारमा व्यसायिक वातावरण सर्वेक्षण (बीजनेश क्लाइमेट सर्वे) २०२०/२०२१ को नतिजा प्रकाशन गरि अवार्ड प्रदान गरिएको थियो ।

सो अवसरमा प्रमुख सुवेदीले बुटवलले यसअघिको आर्थिक विकास रणनीतिलाई पुनरावलोकन गर्न लागेको र लगानीमैत्री वातावरण बनाउन नयाँ रणनीति बनाइरहेको जानकारी दिए । उनले समृद्ध बुटवल र खुशी बुटवलबासीको लक्ष्य अनुरुपका काममा सार्वजनिक र निजी साझेदारी हुने भन्दै सहकार्यका लागि आग्रह गर्नुभयो । बुटवलसंगको सहकार्यमा रहेको जीआइजेडलाई प्रमुख सुवेदीले धन्यवाद ज्ञापन गरे ।
आर्थिक सम्बन्ध विस्तार गरी लगानीका लागि प्रोत्साहन गर्दै सबल आर्थिक केन्द्र समुन्नत बुटवलका माध्यमबाट समृद्ध बुटवल खुशी बुटवलबासीको लक्ष्य हासिल गर्नेतर्फ बुटवलका योजना केन्द्रित भएको प्रमुख सुवेदीले बताए ।

बुटवलले आवधिक र सहरी विकास गुरुयोजना सहितको दीर्घकालीन महत्वका योजना बनाएर सोही अनुरुपका काम अगाडि बढाएको छ । यिनै कामको आधार, व्यवसायमा भएको लगानीको अवस्था, लगानीका नयाँ क्षेत्रको पहिचान र वातावरण, रोजगारीको अवस्था, नयाँ रोजगारीका क्षेत्रको विकासलगायतका कामको अवस्थाको मूल्यांकन गरिएको थियो ।

बुटवलमा भएको रोजगारीको अवस्था, साना तथा मझौला व्यवसायको क्षेत्र र तिनमा कार्यरत एवम् आश्रितहरुको अवस्थालगायतका विषयमा पनि सर्वेक्षण भएको थियो । रोजगारीको अवस्था र क्षेत्रका बारेमा आइएलओले सर्वेक्षण गरेको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ४ : ३४ बजे

म्याग्दीमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्रियो

म्याग्दी । आगामी शैक्षिक सत्र २०८३ को लागि म्याग्दीका सामुदायिक

करोडभन्दा बढी बैङ्किङ कसुर : पक्राउ गरी अदालतमा पेस

काठमाडौँ । एक करोड बढी बैङ्किङ कसुर गरेको आरोपमा दोषी

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै

काठमाडौँ । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र

सरकारी सञ्चारमाध्यममा मात्र विज्ञापन दिने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना