२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

लुम्बिनी प्रदेशसभामा आज नयाँ बजेट प्रस्तुत हुँदै, प्रतिपक्ष एमालेको अवरोध कायम रहने



बुटवल । लुम्बिनी प्रदेशसभामा प्रदेश सरकारको तर्फबाट आज प्रतिस्थापन विधेयकमार्फत् नयाँ बजेट प्रस्तुत गरिने भएको छ। आज मध्यान्ह १ बजे बस्ने प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले विधेयक पेस गर्ने भएका हुन् ।

पूर्ववर्ती शंकर पोखरेल नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको बजेटमा संशोधन गरि बजेटको तयारी गरिएको आर्थिक मामिला मन्त्री खड्काले बताए । पूर्ववर्ती सरकारका आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीले प्रस्तुत गरेको अध्यादेशको बजेटमा प्रतिपक्ष गठबन्धनमा देखिएको असहमतिका बुँदाहरुलाई नयाँ बजेटमा समावेश गरिएको उनले बताए ।

नेकपा एमालेका नेता शंकर पोखरेलको पूर्ववर्ती सरकारले चालु आर्थिक वर्ष २०७८/७९ का लागि गएको असार १ गते अध्यादेश मार्फत ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । संसदमा बजेट प्रस्तुत गर्ने कार्यसूची तष्यार भईसकेपछि संसदबाट बजेट पास गर्न बहुमत नहुने देखिएपछि एमाले सांसदहरु संसद नै छाडेर निस्केको थियो । संसद बिहस्कार गरेको सत्तारुढ दलका तत्कालीन मुख्यमन्त्री पोखरेलले अध्यादेशमार्फत् बजेट ल्याएका थिए ।

सरकारले नयाँ बजेट पेस गर्ने तयारी गरिरहेका बेला सत्ताबाट प्रतिपक्षमा पुगेको एमाले भने आज पनि सदन अवरुद्ध गर्ने तयारीमा देखिएको छ । सरकारबाट बहिर्गमन भएदेखि नै एमालेले संसद अवरुद्ध गर्दै आएको छ । सूर्यचिन्हबाट चुनाब जितेका सांसदद्वय अजय शाही र बिमला वलीलाई कारवाही नहुँदासम्म सदन चल्न नदिने अडानमा रहेको एमालेले लगातार संसदमा अवरोध गर्दै आएको छ ।

सत्तारुढ गठबन्धन भने गणीतिय हिसावले संसदमा बहुमत रहेको आधारमा अवरोधकैबीच बजेट पास गर्ने रणनितीमा देखिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले सदनमा बहुमत पुग्ने भएकाले बजेट पास हुने दाबी गरे।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  १० : १६ बजे

अमेरिका-इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण

तेहरान । इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा अमेरिका

कपिलवस्तु-११ दोस्रो सौभाग्य कपको सेमीफाईनलमा प्रवेश

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

होटल पौवाको १०औँ वार्षिकोत्सव : सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने

नेपालगन्जमा कमल खत्री र समिक्षा अधिकारीको प्रस्तुती रहने नेपालगन्ज ।

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बागलुङ । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्धको रिटमा सर्वोच्चद्वारा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश

काठमाडौं । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध दायर