२१ असार २०८३, आइतबार | July 5, 2026

सत्तारुढ गठबन्धनकाबीच मन्त्रालयको भागवण्डा मिल्यो, शुक्रबार ४ बजे थपिएका मन्त्रीहरुको शपथग्रहण



काठमाडौं । लामो सकसका बीच सत्तारुढ चार दलका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डाको टुङ्गो लगाएका छन् । आज दिनभरी बसेको शीर्ष नेताहरुको बैठकले भोलि शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने गरि मन्त्रालय बाँडफाँटमा सहमति गरेका हुन् । मन्त्रिपरिषद विस्तारमा पर्ने मन्त्रीहरुको भोलि नै शपथ हुने बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दल (जसपा्) का शीर्ष नेताहरुले मंगलबार मन्त्रालयको संख्या भागबण्डा गरेपनि कुन मन्त्रालय कस्ले लिने भन्ने विषय टुङ्गिएको थिएन । कांग्रेसले प्रधानमन्त्री बाहेक ८ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री, नेकपा एकीकृत समाजवादीले ४ मन्त्री र एक राज्यमन्त्री र जसपाले चार मन्त्री लिने सहमति भएको थियो ।

मन्त्रालयको संख्याको भागवण्डा मिलेपनि एकिकृत समाजवादीले आफुलाई पावरमा रहेको (मालदार) मन्त्रालय दाबी गरेपछि नेताहरुलाई सहमतिमा पुग्न असहज बनेको थियो । प्रधानमन्त्री शेरवहादुर देउवा सहितको नेताले एकिकृत समाजवादीलाई रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने प्रस्ताव गरेपनि एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले पावरफुल मन्त्रालय नपरेको भन्दै असन्तुष्टी ब्यक्त गरेपछि आज शीर्ष नेताहरुको बैठकले समाजवादीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगै शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय दिने सहमति गरेको छ । मन्त्रालय भागबन्डामा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले असन्तुष्टि जनाएपछि आज प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको थियो ।

कानुन, गृह, परराष्ट्र सहित काँग्रेसले रक्षा र सञ्चार मन्त्रालय पनि पाउने छ । अहिले नै कांग्रेससँग छ । २९ असारमा आफू प्रधानमन्त्री भएकै दिन शेरबहादुर देउवाले ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाएका थिए । अब उनलाई सञ्चारमन्त्री बनाएर कानूनमा नयाँ मन्त्री ल्याउने तयारी छ । गृहमा बालकृष्ण खाँण र परराष्ट्रमा डा.नारायण खड्का मन्त्री छन् । अरु मन्त्रीहरुको टुंगो भोलि मात्र लाग्ने नेताहरुले बताएका छन् ।

अर्थ र उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय लिएको माओवादी केन्द्रले अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, शिक्षा, विज्ञान तथा प्रविधि र खानेपानी मन्त्रालय पाउनेछ ।

माओवादीले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय बुधबार नै स्थायी कमिटीबाट गरिसकेको छ ।

जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र कृषि तथा पशुपक्षी मन्त्रालय लिनेछ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ९ : ३३ बजे

रचनात्मक सुझावसहित संवादमा आउन महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह

ललितपुर । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

मुस्ताङ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली । पश्चिमएशियामा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि

प्रचारप्रशारका क्रममा चलचित्र ‘गौँथली’ को निर्माण टिम कलाकारसहित नेपालगन्जमा

नेपालगन्ज । आगामी साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर