११ श्रावण २०८३, सोमबार | July 27, 2026

आज प्रतिनिधिसभाको बैठक बस्दै



काठमाडौं । नेकपा (एमाले)को विरोधका कारण अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक आज बस्न लागेको छ ।

आज दिउँसो १ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाले संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

त्यस्तै, प्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएर प्रतिनिधि सभामा विचाराधीन रेल्वे विधेयक, २०७६ फिर्ता लिन राष्ट्रिय सभाको सहमतिका लागि प्रतिनिधि सभाको सिफारिश प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

एमाले सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति असन्तुष्टि जनाउँदै विरोध गर्दै आएका छन । आज पनि एमाले सांसदले विरोध गर्ने जनाएका छन ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ८ : २१ बजे

उपभोक्ताले जगेडा ग्यास राख्दा बजारमा ग्यास अभाव देखियो : ग्यास उद्योगी

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको