२२ भदौ २०८३, सोमबार | September 7, 2026

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी प्रमुखमा अनन्तराम घिमीरे नियुक्त, प्रदेश प्रशिक्षण निर्देशकमा रामु जोशी



बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश पूर्वाधार विकास प्राधिकरणको रिक्त प्रमुख कार्यकारी पदमा अन्तन्तराज घिमीरेलाई नियुक्त गरेको छ । शुक्रबार बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषदको बैठकले रिक्त पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी प्रमुखमा घिमीरेलाई नियुक्त गरेको हो ।

बैठकले प्रदेश प्रशिक्षण परिषदको कार्यकारी निर्देशकमा रामु जोशीलाई नियुक्ति गर्ने निर्णय गरेको छ भने परिषदमा पूर्ववर्ती एमाले सरकारले मनोनित गरेको विषयगत विज्ञ भुबनेश्वर लामिछाने र मोतिराम प्रसाद शर्मालाई हटाउने निर्णय गरेको छ । बैठकले वर्तमान सरकारले नै विषयगत विज्ञमा नियुक्त गरेको श्याम कुमार आचार्यको आवश्यक कागजपत्र नपुगेको भन्दै मनोनयन बदर गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए ।

शुक्रबारको बैठकले सामाजिक विकास मन्त्रालय शिक्षा तथा सामाजिक विकासमन्त्रालयको जिन्सी श्रेष्ठा र सामाग्री शिक्षा विज्ञान र युवा तथा खेलकुद मन्त्रालयमा हस्तातरण गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारका आर्थिक मामिला मन्त्री समेत रहेका प्रवक्ता खड्काले बजेट जनमुखी भएको दावी गर्दै सरकारले छिट्टै पूर्णता पाउने समेत बताए । उनले प्रदेश सरकारले जनताको बीचमा समृद्ध लुम्बिनी प्रदेश, आत्मनिर्भर प्रदेशबासीको सपनालाई साकार बनाउनको लागि क्रियाशिल रहेको बताए ।

 

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ८ : ४५ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार