३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

रुपन्देहीको मोतिपुरमा गोली चल्यो, २ जना घाईते



बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्नेहरुलाई हटाउने क्रममा गोली चलेको छ । जग्गा कब्जा गर्ने समुह र प्रहरीकाबीच झडपका क्रममा प्रहरीले प्रहार गरेको गोली लागी २ जना घाईते भएका छन् । झडपका क्रममा थप ३ जना घाईते भएका छने भने प्रहरी तर्फपनि ३ प्रहरी र २ सशस्त्र प्रहरी घाईते भएका छन् ।

आद्योगिक करिडोर क्षेत्रमा जग्गा कब्जा गर्नेहरुले दिनभरी जग्गा कब्जा गर्ने र राती घरघर गएर बस्ने गरेको पाईएपछि प्रहरीले आज बिहानै औद्योगिक क्षेत्रमा आउने नाका बन्द गरेर बसेको थियो । नियमित औद्येगिक क्षेत्रमा बिहानै जग्गा कब्जा गर्ने समुह प्रवेश गर्न थालेपछि प्रहरीले बाटो छेक्ने क्रममा झडप भएको थियो । स्थिती तनावग्रस्त हुँदै गएपछि प्रहरीले गोली चलाउँदा २ जना घाईते भएका हुन् । झडप जारी रहेका कारण घाईतेहरुको पहिचान खुल्न सकेको छैन ।

घाईतेलाई लिन गएको सुरक्षित नेपालको एम्बुलेन्समाथि पनि स्थानीयले आक्रमण गरि ध्वस्त बनाएका छन् । घटनास्थलमा झडप जारी रहेको छ ।

२०७२ चैत १ मा रुपन्देहीको मोतीपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भयो । बुटवल उप–महानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति छ ।

२०७२ चैत १ मा रुपन्देहीको मोतिपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो । केही महिना अगाडि औद्योगिक क्षेत्रको शिलान्यास समेत गरिएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  २ : ३८ बजे

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

‘एनपिएल’का सबै खेलमा ‘डिआरएस’ लागू हुने, खेल समय हेरफेर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा डिसिजन

दुई दिनमा सशस्त्रले दियो एक हजारभन्दा बढीलाई निःशुल्क बस सेवा

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले दशैंका लागि लक्षित गरी

खाना स्वाद मात्र होइन नेपाली संस्कृति पनि होः वरिष्ठ सेफ केसी

काठमाडौँ । खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका