४ असार २०८३, बिहिबार | June 19, 2026

एन आई सी एशियाले ल्यायो ‘डिजिटल दशैं’ योजना : धेरै डिजिटल कारोबार गर्नेले आकर्षक उपहारदेखि २५% सम्म क्यासब्याक पाउने



काठमाडौ । एन आई सी एशिया बैंकले ‘डिजिटल दशैं’ योजना सार्वजनिक गरेको छ । जस अन्तर्गत सबैभन्दा धेरै डिजिटल कारोबार गर्नेले आकर्षक उपहारदेखि २५% सम्म क्यासब्याक पाउने भएका छन् ।

यस योजनामार्फत बैंकका विभिन्न डिजिटल च्यानलमार्फत कारोबार गर्दा सबैभन्दा धेरै कारोबार गर्नेले आकर्षक उपहार देखि अधिकतम २५ प्रतिशतसम्म क्यासब्याक तथा छुट पाउनेछन् । बैंकले डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त विभिन्न सामग्री खरिद गरी बैंकको कार्डमार्फत ई–कमर्श तथा POS  भुक्तानी एवं मोबाइल बैंकिङ्ग  योगकर्ताहरूले QR भुक्तानी गर्दा आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था गरेको हो ।

यो योजना २०७८ आश्विन २१ देखि कात्र्तिक २१ सम्म रहेको छ । जसअनुसार पहिलोपटक एइक् कारोबार गर्दा १० प्रतिशत वा अधिकतम रू. ५०, तेस्रोपटक कारोबार गर्दा १५ प्रतिशत वा अधिकतम रू. १२५ र पाँचौंपटक कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम रू. २५० सम्म क्यासब्याज अफर रहेको छ ।

त्यसैगरी बैंकले डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्ने उद्देश्य लिई २०७८ आश्विन २१ देखि कात्र्तिक ३० सम्म सबैभन्दा धेरै कारोबार गर्नेलाई Palsonic को तर्फबाट ३२ इन्च टिभी, CG को तर्फबाट माइक्रोवेभ ओभन, Triveni Group को तर्फबाट यासुदा ओभन, Gaia Holiday Home Dhulikhel को तर्फबाट एक जोडीलाई आकर्षक प्याकेज, Hongkook Sarang को तर्फबाट एक जोडीलाई डिनर प्याकेज, Saathimart बचत को तर्फबाट १० जना भाग्यशाली विजेतालाई रू.१,००० को शपिङ्ग भौचर, Orchid Group को तर्फबाट यस बैंकको कार्डहरू प्रयोग गरी रू.५,००० भन्दा बढिको खरिदमा रू.५०० बराबरको गिफ्ट भौचर र Awei को तर्फबाट एक जनालाई Earbud प्रदान गरिनेछ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ७ : ११ बजे

प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता जारी

नेपालगन्ज । नेपालगन्जमा जारी प्रथम मेयर कप महिला तथा पुरुष

स्वास्थ्य परीक्षण नै नगरि निरोगिताको प्रमाणपत्र दिने २ जना चिकित्सक सहित ५ जना पक्राउ

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय नेपालगन्जमा स्वास्थ्य परिक्षण नै नगरि

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध

प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा, मनसुनको अझै छैन छाँटकाँट

काठमाडौं । नेपालमा यस वर्षको प्रि–मनसुन अवधिमा विगत ४५ वर्षयताकै

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि