५ भदौ २०८३, शुक्रबार | August 22, 2026

मोतिपुर झडप अपडेट : ४ जनाको मृत्यु, ५० बढी घाइते



बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको प्रहरी र सुकुम्बासीबीचको झडपमा चार जनाको मृत्यु भएको छ ।

दिउँसो मोतिपुर औद्योगिक क्षेत्रमा भएको झडपमा घाइते भएकामध्ये तीन जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । अर्का एक जनाको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका सुचना अधिकारी सुनिल गुरुङ्गले जानकारी दिएका छन् ।

मृतक कपिलवस्तुको वाणगंगा नगरपालिका १०का ४८ वर्षीय रमेश परियार भएको अस्पतालले जनाएको छ ।

भैरहवा मेडिकल कलेजमा १३ जना घाइतेलाई उपचारको लागि लगिएको छ । जसमध्ये ८ जना सर्वसाधारण र ५ जना प्रहरी रहेका अस्पतालका सूचना अधिकृत गुरूङले जनाएका छन् ।

झडपमा दुबैतर्फ गरी ५० जनाभन्दा बढी घाइते भएका छन्  । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले दिएका जानकारी अनुसार २५ जना प्रहरी घाइते भएका छन् । उनले घाइतेहरुको पुरा विवरण अझै संकलन गर्न बाँकी रहेकाले घाइतेहरुको संख्या अझै बढ्न सक्ने जानकारी दिए । घाईतेहरुको अहिले जिल्लाका विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

दिउँसो स्थितिलाई लिन सुरक्षाकर्मीले करिब ३ दर्जन हवाई फायर गरेको थियो । स्थितिलाई थप बिग्रन नदिन रूपन्देही प्रशासनले अपरान्ह ४ बजेदेखि कर्फ्यु लगाएको छ ।

अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको हो । हवाइफायर गर्दा पनि भीड झन उत्तेजित बनेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ

सुरक्षाकर्मीले आइतबार बिहानैदेखि अस्थायी रुपमा बनाइएका घर टहर भत्काउने काम गरेको थियो । सो क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ भने जग्गा कब्जा गर्न आएका स्थानीयको पनि बाक्लो उपस्थिति छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ७ : २४ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको