११ श्रावण २०८३, सोमबार | July 27, 2026

ठेकेदार कम्पनीले चारलेन सडक बिचमै अलपत्र पारेपछि खजुराबासीले गरे सडकमै चक्काजाम



नेपालगन्ज । पटक पटक म्याद थपेर पनि पछिल्लो म्याद सकिएको ५ महिना सम्म ठेकेदार कम्पनीले सडक कालोपत्रेको काम नगरेपछि बाँकेको खजुराका स्थानीयबासीले चक्काजाम गरेर विरोध जनाएका छन् । नेपालगन्ज गुलरिया सडक अन्तर्गत खजुरा गाँउपालिकाको खजुरा बजारमा १८ सय मिटर ४ लेन सडक बनाउँदा बनाउँदै अलपत्र छाडेपछि स्थानीयले चक्काजाम गरेर विरोध जनाएका हुन् ।

३ पटक बिभिन्न बहाना बनाएर म्याद थप गरिसकेको ठेकेदार कम्पनी गजुरमुखी निर्माण कम्पनीको २०७७ चैत्र महिनामा थपिएको म्याद सकिए पनि सडकको काम अलपत्र अवस्थामा रहेको छ । खजुरा बजार खण्डको १८ सय मिटर सडक बनाउँदा बनाउँदै अलपत्र पारेपछि सडक किनारका व्यवसायीहरु धुलोबाट आक्रान्त बनेका छन् । संघीय सरकारको बजेटबाट बन्दै गरेको बाँकेको खजुराको फोर लेन सडक ठेकेदार कम्पनीले समयमा सम्पन्न नगरेका कारण सो सडकमा यात्रा गर्ने यात्रीहरुको यात्रा समेत जोखिमपूर्ण बनेको छ । ठेक्का सम्झौता भएको ३ वर्षमा पनि खजुरा बजार क्षेत्रको १८ सय मिटर फोर लेन कालोपत्रे सहित सडक किनाराको ड्रे्नको काम सम्पन्न नगर्दा खुजुराबासी सहित बाँके बर्दिया दिनुहुँ यात्रा गर्ने यात्रीहरुले सास्ती खेप्नु परेको हो ।

२०७४ चैत्रमा सम्झौता भएको सो सडकको बर्दियाको गुलरियामा २२ सय मिटर र बाँकेको खजुरामा १८ सय मिटर फोर लेन सडक २०७७ चैत्र मसान्त सम्म सम्पन्न गर्नु पर्ने थियो, तर म्याद सकिएको ५ महिना पुग्दा समेत ठेक्का पाएको गजुरमुखी निर्माण सेवाले कार्य सम्पन्न गरेको छैन । बाँकेको खजुरा बजारको बिचभागमा एकतर्फी ड्रेन बनाएर वर्षौदेखि अलपत्र पारिदिँदा बजार क्षेत्र नै दुर्गन्धित बन्न पुगेको छ । साबिक सडक भत्काएर निर्माणको काम आधाआधी गरेर छाडिएका कारण पानी नपर्दा धुलो र पानी पर्दा हिलो हुने गरेको छ भने निर्माणधिन सडकमा खसालिएको गिट्टी सवारी साधनले उछिट्याउँदा कतिपय सडक किनारका पैदल यात्रुहरु घाईते समेत बनेका छन् ।

सडक डिभिजन कार्यालय नेपालगन्जले अनुगमन र निरिक्षण गर्ने गरि ३० करोड ३६ लाख लागत अनुमान गरिएको बर्दिया र बाँकेको गरि ४ किलोमिटर सडकलाई २१ करोड ४९ लाखमा ठेकेदार कम्पनीले गजुरमुखी निर्माण सेवाले ठेक्का कबुल गरेको थियो । सम्झौता अनुसार सडक बिचमा ग्रीन डिभाईडर र सडकको दुबै किनारमा नाली बनाउनु पर्ने थियो । तर ठेकेदार कम्पनीले खजुराको मुख्य बजारको बिचभाग सम्म नाली बनाएर काम रोकेपछि बजार क्षेत्र नै दुर्गन्धित बनेको छ ।

पुन म्याद थप्नका लागि निवेदन आएपनि म्याद थप नभएको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख होम बहादुर एसीले बताए । उनले दर्शेको लगत्तै कालोपत्रेको काम शुरु गर्ने ठेकेदार कम्पनीबाट जानकारी आएको बताउँदै नाली निर्माणका सम्बन्धमा नयाँ भिओ स्विकृतीका लागि केन्द्रमा पठाइएको बताए ।

अन्य जिल्लाहरुमा समयमा काम नसक्ने ठेकेदार कम्पनीलाई स्थानीय प्रशासनले हस्तक्षप गरेर कारवाही चलाएपनि बाँके प्रशासन भने मुकदर्शक बनेर बसेको स्थानीयले आरोप लगाएका छन् ।

ठेकेदार कम्पनीको म्याद सकिएको सम्बन्धमा प्रशासनमा कुनै जानकारी नआएको बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले बताए । ‘ठेकेदारको म्याद सकिए नसकिएको हेर्ने काम प्रशासनको होईन ।’ उनले भने ।

यस अघि पनि सो सडक सम्बन्धमा खबरकुराको प्रश्नमा सडक डिभिजन कार्यालय नेपालगँनका प्रमुख एसीले असोज मसान्त सम्म कार्य सम्पन्न नगरे जरिवाना तोक्ने बताएका थिए । तर असोज महिनाको अन्तिम साता चलिरहँदा ठेकेदारले बाँके कामको शुरुवात समेत गरेको छैन ।

स्थानीयबासीले हरेक दिन भोग्नु परेको सास्तीका विषयमा स्थानीय सरकार समेत रहस्यमय मौनता साँधेर बसेको छ । स्थानीयले चक्का जाम नै गरेर विरोध जनाउँदा समेत स्थानीय सरकारले साँधेको मौनतालाई खजुराबासीले आशंकाको दृष्टीले हेरेका छन् । ‘आफ्नै मतदाताले धुलो, हिलो र सास्ती खेप्दा पनि खजुरा गाँउपालिका बोल्दैन, किन होला ?’ चक्काजाममा सहभागी एक स्थानीयले गुनासो गरे ।

सडक सम्बन्धमा बुझ्न खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिलाई पटक पटक सम्पर्क गर्दा समेत उनको मोबाईल उठेन । यस अघि अध्यक्ष कक्षपतिले गाँउपालिकाले सहजिकरण गरिरहेको र छिट्टै सडक बन्ने बताएका थिए ।

 

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ८ : ५४ बजे

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन

बुटवल । प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको निधन

शान्ति, संयमता र सामाजिक सद्भाव कायम मन्त्री मेहताको आग्रह

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री

डिडिसीले काठमाडौंमा ३० नयाँ बिक्री केन्द्र खोल्ने, अनलाइन बिक्री सुरु गर्ने तयारी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना दुग्धजन्य उत्पादनको पहुँच

पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

पोखरा । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०

नागढुंगा सुरुङमार्ग उद्घाटनअघि धर्नामा बसेका स्थानीयलाई प्रहरीले हटायो

काठमाडौं । नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला स्थानीयको