६ भदौ २०८३, शनिबार | August 22, 2026

आईपीएल क्रिकेट : दिल्लीलाई पराजित गर्दै चेन्नई फाइनलमा



काठमाडौं । चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । यसअघि समूह चरणमा भोगेको हारको बदला दिँदै चेन्नई ४ विकेटले खेल जितेर फाइनल पुग्न सफल भएको हो ।

समूह चरणको खेलपछि शीर्ष स्थानमा रहेको दिल्ली र दोस्रो स्थानमा रहेको चेन्नई फाइनल प्रवेशका लागि पहिलो क्वालीफायरमा भिडेका थिए । १७३ रनको लक्ष्य पछ्याएको चेन्नईले उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट गुमाएर २ बल बाँकी रहँदा खेल आफ्नो पक्षमा पारेको हो ।

चेन्नईको जितमा ऋतुराज गायकवाडले ७० रन तथा रविन उथप्पाले ६३ रनको योगदान दिए । यी दुईले ११० रनको साझेदारी गर्दै चेन्नईलाई बलियो अवस्थामा पु¥याएका थिए । दिल्लीका टम कुरानले सर्वाधिक ३ विकेट लिए ।

यसअघि दिल्लीको लागि पृथ्वी शाले सर्वाधिक ६० रन बनाउँदा रिशभ पन्तले ५१ रन बनाएका थिए । त्यस्तै शिम्रन हेटम्येरले ३७ रन बनाएका थिए । चेन्नईको जस हाज्विल्डले सर्बाधिक २ विकेट लिएका थिए ।

चेन्नईले २०१०, २०११ र २०१८ को आईपीएल जितेको थियो । सोमबार एलिमिनेटर खेलमा तेस्रो स्थानको रोयल च्यालेन्जर्स बेंगलोर र चौथो स्थानको कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । एलिमिनेटरको विजेताले दोस्रो क्वालिफायरमा दिल्लीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल शुक्रबार हुनेछ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ६ : ४१ बजे

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

बागलुङ । किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया बागलुङबाट वीरगञ्ज

नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई-परफर्मेन्ससँग भिड्दै

काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’

पत्रकार महासंघ रुपन्देहीद्वारा वातावरण पत्रकारिता पुरस्कारलाई पुनः निरन्तरता दिइने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा सञ्चालन हुँदै आएको

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३ औँ राष्ट्रपतिमा मिर्जा