१८ चैत्र २०८२, बुधबार | April 1, 2026

दशैँमा भात खान चामलको जोहो गर्दै ओलानी गाउँका विपन्न परिवार



धनगढी । छिमेकी धान भित्र्याउन व्यस्त हुँदा कैलालीको गोदावरी नगरपालिका-१२ की लक्ष्मी विक चामलको जोहो गर्न व्यस्त छिन् । जमिनका नाममा घडेरीबाहेक केही नभएकी लक्ष्मीलाई दशैँमा मिठो मसिनो खाने आश नै छैन । दशैँभर पेटभरी भात खान पाउने गरी चामलको व्यवस्था भए उनको दशैँ सप्रिने छ । त्यसैका लागि उनी चामलको जोहो गरिरहेकि छन् ।

‘मलाई त दशैँ आएपनि नआएपनि केही फरक पर्दैन’ उनी भन्छिन्, ‘तर गाउँको चहलपहल देख्दा छोरी निराश हुन्छिन्, उनलाई भात खुवाउन चामलको जोहो गर्दैछु ।’ गाउँमा कसैको सानो तिनो काम गरेर उनीहरूले जे दियो त्यही खाएर दैनिकी गुजार्दै आएकी लक्ष्मीकी ९ वर्षकी छोरी छन् । ६ वर्षअघि श्रीमानको मृत्यु भएपछि उनलाई आफू र छोरीको भोको पेट भर्न धौ-धौ छ ।

‘गाउँमा रोजगारी पनि पाइदैन,’ लक्ष्मी भन्छिन्, ‘कसैको काम गरेपनि ज्याला पाइदैन, त्यही विहान वेलुकीको छाक टार्ने गरी खाना दिन्छन्, तर दशैँमा कस्को काम गर्न जानु रु दशैँमा छिमेकी रमाइरहेका छन्,’ उनले भनिन्, ‘मलाई रमाउँला भन्ने छैन चामलको चिन्ता छ । छोरीले कपडा किन्ने भन्दा मन भारी भएर आउँछ ।’

गोदावरी नगरपालिका-११ की दुर्गा लुहारले दशैँका लागि चामलको जोहो गरेकि छन् । ‘वर्ष भरी जे जसरी जीवन निर्वाह गरेपनि दशैँमा त भात खानु पर्‍यो,’ उनी भन्छिन्, ‘घरमा बुढाबुढीमात्रै छौँ, दुः ख गरेर दशैँका लागि केही पैसा जोहो गरेका छौँ, सवै रमाउँदा हामी बुढाबुडी किन दु:खी हुने ?’

कारोनाका कारण अलिअली भएको रोजगारी पनि गुमेको बताउँदै उनले समान्य अवस्थामा भात खानसमेत मुस्किल हुने गरेको सुनाइन् । ‘कोरोनाले बुढाको भएको रोजगारी पनि खोसेर लग्यो, उनले दुखेसो पोखिन्, ‘बुढा कम्जोर भएर काम गर्न पनि सक्दैनन्, साहारा दिने कोही छैन ।’

गोदावरी नगरपालिका-१० की तारू विकले दशैँको मुखमा खाद्यान्न अभाव भएको बताइन् । ‘खेतवारी नहुँदा खाद्यान्न किनेर खानु पर्ने आवस्था छ,’ उनले भनिन्, ‘दशैँमा मिठो मसिनो खाने सपना अधुरै रहने जस्तोछ ।’ घरमा बुढा दम्पतीमात्रै हुँदा सहारा दिने कोही नभएको उनले गुनासो गरिन् । ‘दशैँका लागि केही पाइन्छकी भनेर वडा कार्यालय सम्म धाउँदै छौं,’ उनले भनिन्, ‘कसैले दिए दशैँमा खाने हो, नदिए सवैको दशैँ हाम्रा लागि के को दशैँ भयो ?’

तारूले दशैँमा मागेर खान पनि लाज लाग्ने गरेको बताइन् । ‘अरु वेला कसैको सकेको काम गरेर कसैलाई मागेर भएपनि गुजारा चलाउँदै आएका थियौँ,’ उनले भनिन्, ‘तर दशैँको वेला कसैको दैलोमा जान पनि सकिँदैन, दुनिँया रमाउँदा हामी दुःखी हुनुपरेको छ ।’

गोदावरी नगरपालिका-११ का वडा अध्यक्ष शिव विकका अनुसार वडा नम्बर १०, ११ र १२ मा पर्ने ओलानी क्षेत्रमा अधिकांश दलित समुदायको बसोबास छ । आधा भन्दाबढी परिवार गरिबीको रेखामुनी छन् । उनीहरूले हरेक दशैँमा चामलको खोजी गर्नुपर्दछ ।

‘केही परिवारबाहेक अधिकांशसँग आफ्नो खेतीयोग्य जमिन छैन,’ अध्यक्ष विकले भने, ‘जमिन नभएकाहररू मजदुरी गरेर जीविको पार्जन गर्दै आएका छन्, तर यस वर्ष कोरोनाका कारण धेरैले मज्दुरीसमेत गर्न पाएका छैनन्, जसका कारण दलित परिवारलाई दशैँमा पेटभरी भात खान समस्या भएको छ ।’

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ८ : ५० बजे

सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको

बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

सुनसरी । जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७

अब बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश

सुनको मूल्य ७ हजार ४ सयले बढ्यो, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ