२५ चैत्र २०८२, बुधबार | April 8, 2026

रुबी खानलाई बिहीबार ११ बजेभित्र उपस्थित गराउन सर्वोच्च अदालतको आदेश



काठमाडौं । बाँकेबाट न्याय माग्दै पैदल हिँडेर काठमाडौंको माइतीघर मण्डला आएकी महिला अधिकारकर्मी रुबी खानलाई बिहीबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

माइतीघर मण्डलामा धर्नामा बसेकी खानलाई प्रहरीले गत शुक्रबार पक्राउ गरी नेपालगन्ज लगेको थियो । महानगरीय प्रहरी वृत्त लैनचौरले खानलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई बुझाएको थियो । न्यायका लागि भन्दै काठमाडौंसम्म आएकी खानलाई नेपालगन्ज पुर्याएपछि बाँके प्रहरीले बहुविवाहसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

उनको अवस्था अज्ञात रहेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य एवं अधिवक्ता मोहना अन्सारीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन । सो निवेदनमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीस आनन्दमोहन भट्राईले बिहीबार रुबी खानलाई अदालतमा उपस्थित गराउन आदेश दिएका हुन् ।

इजलासले मुद्दामाथि सुनुवाइ नभएसम्म खानलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतबाट अन्त नसार्न समेत आदेश दिएको छ । खानले अहिले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमै अनसनमा बसेकी छिन् ।

 

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ४ : ४० बजे

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास

बढ्यो सार्वजनिक यातायात भाडा, कहाँ जाँदा कति लाग्छ भाडा ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउन सहमति दिएसँगै

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा