८ पुस २०८२, मंगलबार | December 23, 2025

गुल्मीमा जिप दुर्घटना तीन जनाको मृत्यु, ६ जना घाइते



गुल्मी । गुल्मीको रेसुंगा नगरपलिका-१० स्थित पाँचरातेमा गएराती जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुटवलबाट तम्घास आउँदै गरेको लु १ ज ४४९० नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा मुसिकोट नगरपालिका-२ जलजले का ७२ बर्षीय क्षेत्रबहादुर थापा, मुसिकोट नगरपालिका २ जलजलेका ४५ बर्षीया राधिका थापा र मुसिकोट नपा ३ चुदरीगाउँका १९ बर्षीया संगिता सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

उनकाअनुसार दुर्घटनामा ६ जना घाइते छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर छ । दुर्घटनामा मुसिकोट नगरपालिका ३ चुदारीगाउँका ४७ वर्षीया सुमित्रा सुनार, मुसिकोट नगरपालिका २ जलजले बस्ने ३८ बर्षीया जुना थापा र भरतपुर उपमहानगरपालिकी ५० बर्षीया राधा केसी गम्भीर घाइते छन् । उनीहरुको शरीरका विभिन्न भाग र टाउकोमा चोट लागेको भट्टराईले बताए ।

त्यस्तै मुसिकोट नगरपालिका २ जलजलेकी ४३ बर्षीया खिमा थापा, मुसिकोट नगरपालिका २ जलजलेका गाडी चालक २६ बर्षीय कमल थापा र मुसिकोट नपा २ जलजलेका ३६ बर्षीय राजु थापा सामान्य घाइते भएका छन् । घाइतेको गुल्मी अस्पताल र पाल्पाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको छ । घाइतेको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ६ : ४३ बजे

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत

शीतलहरसहित अत्याधिक चिसो बढेपछि नेपालगन्ज र खजुराका विद्यालयमा सार्वजनिक बिदा

नेपालगन्ज । शीतलहरसँगै अत्याधिक चिसो बढेपछि बाँकेको खजुरा गाउँपालिकाले पालिका

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक

चिनियाँ राजदूतले गरे राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन

राष्ट्रपति पौडेलद्वारा प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल, प्रधानमन्त्री कार्की पनि सहभागी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई