२० बैशाख २०८१, बिहिबार | May 2, 2024

अन्तर्राष्ट्रिय समुदायको चेतावनीपछि म्यानमारका सेना प्रमुखले गरे साँढे पाँच हजार बन्दी रिहा गर्ने घोषणा



म्यानमार । म्यान्मारको सैन्य सरकारले साढे पाँच हजारभन्दा बढी मानिसलाई रिहा गर्ने घोषणा गरेको छ । सरकारले अक्टोबर महिनाको अन्त्यतिर पर्ने बौद्ध पर्वको अवसरमा उनीहरुलाई रिहा गर्ने घोषणा गरेको हो ।

फ्रेब्रुअरीमा जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि हजारौं व्यक्ति पक्राउ परेका थिए । सरकारको बिरोधमा प्रदर्शनमा उत्रिएका व्यक्तिमाथि सेनाको कारबाहीमा सयौंको मृत्यु भइसकेको छ ।

जनवरीमा निर्वाचित सरकारलाई कु गरी सेनाले सत्ता हातमा लिएपछि भएको दमनमा कम्तीमा १२ सय जनाको मृत्यु भएको र साढे सात हजार पक्राउ परेका मानवअधिकारबादी समूहले जनाएका छन् ।

सैन्य नेता जनरल मिन ओङले ५ हजार ६ सय ३६ बन्दी रिहा गरिने बताए । बर्मामा जारी राजनीतिक संकट अन्त्य गर्न पर्याप्त कदम नचालेको भन्दै अन्तर्राष्ट्रिय समुदायले सरकारको आलोचना गरिरहेका बेला सरकारले केही बन्दी रिहा गर्ने घोषणा गरेको हो ।

केही दिनअघि मात्र दक्षिण पूर्वी एशियाली देशहरूको सङ्गठन (आसियान)ले आगामी साता हुन लागेको सम्मेलनमा जनरल मिनलाई बहिस्कार गर्ने निर्णय गरेको थियो । एउटा टेलिभिजन सम्बोधनमा सेना प्रमुखले सैन्य नेताहरू शान्ति र प्रजातन्त्रका निम्ति प्रतिबद्ध भएको दाबी गरे । प्रजातन्त्र पुर्नस्थापन गर्न सरकारले पाँच चरणको योजना ल्याउने उनले बताए ।

म्यानमारमा बर्षैंदेखि अशान्ति छ । त्यहाँका अल्पसंंख्यक मुस्लिम रोहिंज्याँ र बौद्ध धर्मालम्बीबीचको द्वन्द्वकाको चपेटामा सर्वसाधरण परेका छन् । सेनाको दमनका कारण लाखौ मुस्लिम रोहिंज्याँ बंगलादेशमा बिस्थापित छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ८ : ०५ बजे

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा