१४ कार्तिक २०८३, शनिबार | November 1, 2026

ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

बैंकले ल्याएको नयाँ हाइब्रिड बचत खातामा १ लाख रुपैयाँ बचत पुगेपछि उक्त बचत स्वतः मुद्दतिमा परिणत हुने सुविधा रहेको छ । यस बचत खाताको समयावधी ग्राहकहरुको इच्छा अनुसार १ वर्षदेखि ५ वर्षसम्मको रहनेछ भने मुद्दतिमा परिणत भएको रकमको बैंकले मुद्दति खातामा प्रकाशित गरेको उच्चतम ब्याजदर कायम हुनेछ ।

यसका साथसाथै, नयाँ हाइब्रिड बचत खातावाल ग्राहकहरुले एक वर्षसम्मको लागि मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा तथा भिजा डेबिट कार्डको सुविधा निशुल्करुपमा प्राप्त गर्नेछन् ।

बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी समयसमयमा यस्ता योजनाहरु ल्याउने गरेको छ ।  ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८१ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८४० सेवा केन्द्रबाट २६ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ८ : ३० बजे

एनपिएल : सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्सको सहज जित

काठमाडौँ । विराटनगर किङ्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०

रुपन्देहीमा भित्रियो फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका स्वास्थ्य उपकरण

बुटवल । रुपन्देहीको तिलोत्तमामा प्रबिधियुक्त फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका

नेपालगन्जमा अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप, सगरमाथा स्वीमिङ क्लबको अग्रता

नेपालगन्ज । नेपालगन्जमा आजबाट नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ

दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर

रास्वपाले भन्यो, ‘न्यायालयका पुनर्संरचना हुन्छ तर संसदवाट’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति, विसङ्गति