६ भदौ २०८३, शनिबार | August 22, 2026

जनकपुरमा खानेपानीका हाकिमलाई दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ जना विरुद्ध मुद्दा दायर



जनकपुरधाम । खानेपानी कार्यालयका हाकिमलाई सार्वजनिक रुपमा दुव्र्यवहार गर्ने जनमत पार्टीका १७ कार्यकर्ता विरुद्ध मुद्दा दायर भएको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले बिहीबार जनकपुरधामस्थित खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिएर अमानवीय व्यवहार गरेका थिए । उनीहरुले कुशवाहालाई भ्रष्टाचारको आरोपमा सार्वजनिक रुपमा अर्धनग्न बनाएर ढलको हिलोले छ्याप्दै सडक घुमाएका थिए ।

लगत्तै पक्राउ परेका उनीहरुलाई प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत ‘अपराधी प्रवेश तथा अपराधी उपद्रव’ शीर्षकमा मुद्दा दर्ता गराएको छ । कर्मचारीलाई अभद्र व्यवहार गर्ने, कार्यालय तोडफोड गर्ने जनमत पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र महतो, धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेम किशोर यादव, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, नेताहरू रामकरण यादव, संजय प्रधान, दिनेश रजक साफी, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, अमरनाथ साह संजय कुमार सिंह, सञ्जय साह, महेश कुमार यादव र सुन्दर मण्डलविरूद्ध मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यस मुद्दामा क्षतिपूर्तिसहित अधिकतम चारवर्षसम्म कैद र ४० हजार रुपैयाँ जरिवाना हुन्छ ।

उता जनमत पार्टीले भने पक्राउ परेका नेता कार्यकर्तालाई रिहा नगरे थप आन्दोलन गर्ने चेतावनी दिएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतले ट्वीट गर्दै पक्राउ नेता कार्यकर्ताको रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषा घेराउ गर्ने जनाएका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १२ : ४५ बजे

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ : मुख्यमन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय

काठमाडौंमा रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना

चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

काठमाडौं । बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ । पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक