४ पुस २०८२, शुक्रबार | December 19, 2025

पूर्वन्यायाधीस फोरमको माग – प्रधानन्यायाधीस जबरामाथि प्रतिनिधिसभाले छानविन गरोस



काठमाडौं । पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले निकास नदिए प्रतिनिधिसभाले उनीमाथि छानविन गर्नुपर्ने जनाएको छ ।

फोरमले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै प्रधानन्यायाधीस जबराको आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न भएको बताउँदै प्रधानन्यायाधीश संवैधानिक दायित्व निर्वाह गर्नमा नै गम्भीर शंका उत्पन्न भएको देखिएको जनाएको छ । फोरमले जबराले आफुमाथि आरोप लागेपछि न्यायालयको मर्यादा जोगाउन निकास दिनुपर्ने बताउँदै अन्यथा प्रतिनिधिसभामा उनीमाथि छानविन गर्नुपर्ने माग गरेको छ ।

फोरमले विज्ञप्तिमा भनेको छ, प्रधानन्यायाधीसको तर्फबाट न्यायापालिकाको पक्षमा उदारता देखाइएन भने प्रधानन्यायाधीससम्बन्धमा उठेका सम्पूर्ण विवादहरुको निस्पक्ष छानविनका लागि प्रतिनिधिसभाले आफ्नो संवैधानिक कर्तव्य पुरा गर्न अग्रसर हुनका लागि हामी आह्वान गर्दछौं ।

फोरमले भनेको छ, ‘मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशको पनि कोटा भन्ने शीर्षक राखी प्रिन्ट मिडिया र अनलाइनमा समाचार सम्प्रेषण हुनु र त्यसको नेपाल बार एसोसियशनतर्फबाट समेत भएको विरोधको बाबजुद प्रधानन्यायाधीशको नाताका मानिस मन्त्रिपरिषद्‌मा समावेश गराइनु र चर्को विरोधपश्चात मन्त्रीको राजीनामा आउनुले प्रधानन्यायाधीशको आचरण र व्यवहारमा नै गम्भीर शंका उत्पन्न गराएको छ ।’ प्रधानन्यायाधीश र दलहरूबीच भागबन्डाको कुरा र त्यसअनुसारका क्रियाकलापले न्यायपालिकाप्रति जनआस्था गम्भीर खतरामा परेको फोरमले जनाएको छ ।

प्रधानन्यायाधीस जबराले सरकार विस्तारका क्रममा आफ्नो कोटामा मन्त्री बनाउनुपर्ने माग गरेको र त्यसअनुसार उनका जेठान गजेन्द्र हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बनाएको आरोप लागेको छ । चौतर्फी आलोचना बढेपछि मन्त्री हमालले मन्त्री बनेको तीनदिनभित्रै राजीनामा दिएका थिए ।

 

 

 

 

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ३ : ५५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको