२९ मंसिर २०८२, सोमबार | December 15, 2025

मुलधार भनिने पार्टीहरुमा अझैपनि पुरातन सोँच बाँकी रहेका कारण संघीयता खतरामा छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संघीय लोकतन्त्रीक गणतन्त्र र शान्तिका लागि बन्दुकको व्यवस्थापन गरेपनि मुलधार भनिने पार्टीहरुमा अझैपनि पुरातन सोँच बाँकी रहेको बताएका छन् । आइतबार काठमाडौंमा पदम बिश्वकर्मा साहित्य प्रतिष्ठान र नेपााल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मुलधार भनिने पार्टिहरुमा पुरातन सोँच भएकै कारण जातिय बिभेदका लागि भएका बिद्रोहलाई बदनाम गराउन खोजिएको आरोप लगाए ।

अध्यक्ष प्रचण्डले संघीयता विरोधिहरुले प्रचण्डलाई अपराधी सावित गरेर मुलुकमा संघीयता उल्टाउने प्रयत्न गरिरहेको बताए । उनले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको समेत बताए ।

दलित, आदिवासी, जनजाति, महिलाका कुरा उठाएकै कारण आफुले अनेक आरोप खेप्नुपरेको उनको उल्लेख गर्दै प्रचण्डले जातिय बिभेदको आन्दोलन सुरु गर्ने रोल्पा रुकुम जस्ता स्थानमा नै दलितसंग प्रेम गरेको आरोपमा मारिनुपर्ने घटना दुर्भाग्यपूर्ण रहेको धारणा राखे ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ६ : ३१ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ