१६ बैशाख २०८१, आइतबार | April 28, 2024

प्रधानन्यायाधीस विवाद प्रकरण : सर्वोच्चका १४ न्यायाधीसहरु छुट्टै छलफलमा



काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको विषयलाई लिएर सर्वोच्चका १४ जना न्यायाधीसहरु छलफलमा जुटेका छन् ।

प्रधानन्यायाधीस राणाले बोलाएको फुलकोर्ट बैठकलाई बहिस्कार गर्ने निर्णय गरेका न्यायाधीसहरुले त्यसको समानान्तरकै रुपमा अलग्गै छलफलमा बसेका हुन् । प्रधानन्यायाधीस जबराले आइतबार नेपाल बारका पदाधिकारीसँगको छलफलमा आजका लागि फुलकोर्ट बैठक बोलाउने जनाएका थिए ।

सोहीअनुसार बोलाइएको फुलकोर्ट बैठकमा असन्तुष्ट १४ न्यायाधीसहरुले अनुपस्थित हुने जनाउ हिजै दिएका थिए । प्रधानन्यायाधीसको कदमप्रति असन्तुष्ट हुने न्यायाधीसहरुमा दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत, आनन्तमोहन भट्टराई, सुष्मलता माथेमा, प्रकाश ढुंगाना, कुमार रेग्मी, हरि फुयाँल, बमकुमार श्रेष्ठ, टंक मोक्तान, मनोज शर्मा र नहकुल सुवेदी रहेका छन् ।

न्यायालय सुधारका विषयमा पहल नगरेको, कार्यपालिकामा भागवण्डा खाजेको, कतिपय मुद्दाको पेसी आफु अनुकुलका न्यायाधीसलाई मात्रै पार्ने गरेको लगायतका विषयमा प्रधानन्यायाधीस जबरासँग अन्य न्यायाधीसहरु असन्तुष्ट रहँदै आएका छन् । पछिल्लो समय मन्त्रिपरिषद् विस्तारको क्रममा आफ्ना जेठानलाई नै मन्त्री बनाउन लविङ गरेको आरोप जबरामाथिालाग्दैआएको छ ।

प्रधानन्यायाधीस जबराले विवादमा पर्न थालेपछि आफु बाहेकेको पेशी तोक्न थालेका छन् । आज उनले आफुबाहेकका १० वटा इजलास तोकेका छन् । यी मध्ये ९ वटा संयुक्त र एक एकल इजलास रहेको छ । तर न्यायाधीसहरुले प्रधानन्यायाधीसले तोकेको इजलास नै छाडेर छलफलमा बसेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १२ : ०३ बजे

फाकफोकथुम गाउँपालिकाबाट इलाम-२ को मतगणना सुरु

इलाम । इलाम-२ मा मतगणना सुरु भएको छ । मुख्य

नेपाल र इण्डियन चेम्बर अफ कमर्सबीच आर्थिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इण्डियन चेम्बर अफ

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको

बझाङमा सर्वदलीय बैठकको तयारी

बझाङ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय

इलाममा ११ बजेपछि मतगणना

इलाम । इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा