२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

प्रधानन्यायाधीस विवाद प्रकरण : सर्वोच्चका १४ न्यायाधीसहरु छुट्टै छलफलमा



काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको विषयलाई लिएर सर्वोच्चका १४ जना न्यायाधीसहरु छलफलमा जुटेका छन् ।

प्रधानन्यायाधीस राणाले बोलाएको फुलकोर्ट बैठकलाई बहिस्कार गर्ने निर्णय गरेका न्यायाधीसहरुले त्यसको समानान्तरकै रुपमा अलग्गै छलफलमा बसेका हुन् । प्रधानन्यायाधीस जबराले आइतबार नेपाल बारका पदाधिकारीसँगको छलफलमा आजका लागि फुलकोर्ट बैठक बोलाउने जनाएका थिए ।

सोहीअनुसार बोलाइएको फुलकोर्ट बैठकमा असन्तुष्ट १४ न्यायाधीसहरुले अनुपस्थित हुने जनाउ हिजै दिएका थिए । प्रधानन्यायाधीसको कदमप्रति असन्तुष्ट हुने न्यायाधीसहरुमा दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत, आनन्तमोहन भट्टराई, सुष्मलता माथेमा, प्रकाश ढुंगाना, कुमार रेग्मी, हरि फुयाँल, बमकुमार श्रेष्ठ, टंक मोक्तान, मनोज शर्मा र नहकुल सुवेदी रहेका छन् ।

न्यायालय सुधारका विषयमा पहल नगरेको, कार्यपालिकामा भागवण्डा खाजेको, कतिपय मुद्दाको पेसी आफु अनुकुलका न्यायाधीसलाई मात्रै पार्ने गरेको लगायतका विषयमा प्रधानन्यायाधीस जबरासँग अन्य न्यायाधीसहरु असन्तुष्ट रहँदै आएका छन् । पछिल्लो समय मन्त्रिपरिषद् विस्तारको क्रममा आफ्ना जेठानलाई नै मन्त्री बनाउन लविङ गरेको आरोप जबरामाथिालाग्दैआएको छ ।

प्रधानन्यायाधीस जबराले विवादमा पर्न थालेपछि आफु बाहेकेको पेशी तोक्न थालेका छन् । आज उनले आफुबाहेकका १० वटा इजलास तोकेका छन् । यी मध्ये ९ वटा संयुक्त र एक एकल इजलास रहेको छ । तर न्यायाधीसहरुले प्रधानन्यायाधीसले तोकेको इजलास नै छाडेर छलफलमा बसेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १२ : ०३ बजे

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

‘एमआरपी’ र ‘लेबल’ अनिवार्य गर्न निर्देशन

काठमाडौँ । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा मूल्य

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना