६ भदौ २०८३, शनिबार | August 22, 2026

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरे चितवन नछाड्ने घोषणा



काठमाडौं । प्राय हरेक निर्वाचनमा निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको निर्वाचनमा गृहजिल्ला चितवनबाटै चुनाव लड्ने घोषणा गरेका छन् । भरतपुरमा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले अवको चुनावमा चितवन छाडेर अन्त नजाने बताएका हुन् ।

शान्ति प्रक्रियाको लगत्तै रोल्पाबाट चुनाव लडेका प्रचण्ड त्यस यता काठमाडौं र सर्लाहीबाट निर्वाचन लडेका थिए । पछिल्लो निर्वाचन भने उनले चितवनबाट लडेका थिए । शिर्ष नेताहरु स्थान परिवर्तन गरेर निर्वाचन लड्नु पर्ने पोलिसी बनाएको माओवादीले पछिल्लो समय असफलता झेल्नु परेपछि आ आफ्नो निर्वाचन क्षेत्र बनाउन थालेका छन् ।

प्रचण्डले निर्वाचनका बिषयमा चितवनका जनतालाई अव चितवन छाड्छ की भन्ने द्विविधामा नपर्न समेत आग्रह गरे । ‘चितवनका जनता कुनै भ्रम र द्विविधामा नपर्नु, म चितवन छाडेर बाहिर जान्न,’  उनले भने, -‘अबको निर्वाचन चितवनबाटै लड्छु। यो निर्वाचन मेरा लागि अन्तिम पनि हुनसक्छ।’

प्रचण्डले पत्रकारहरुको एक प्रश्नमा सत्तारुढ गठबन्धनमा कुनै समस्या नरहेको जिकिर गरे । उनले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे सत्ता गठबन्धनमा छलफल नभएको बताउँदै न्यायालयको स्वतन्त्रता र गरिमालाई कहिँकतै आँच आउन नदिन आफूहरू सतर्क रहेको प्रष्ट पारे।

प्रचण्डले आफु एमालेको महत्वमा परेकै कारण बुटबलमा हुने भनिएको एमालेको १० औँ महाधिवेशन चितवनमा सारेको समेत बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ९ : ५३ बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र