१० श्रावण २०८३, आइतबार | July 26, 2026

गाडी भाडामा यात्रु ठगिएको गुनासो



पाल्पा । रामपुर नगरपालिकाभित्र सञ्चालन हुने गाडी भाडामा सर्वसाधारण यात्रु ठगिएको गुनासो छ । यातायात समितिले निर्धारण गरेको भाडादर भन्दा बढी रकम असुल्ने गरेको यात्रु तथा स्थानीयवासीले बताएका छन् ।

यात्रु तथा स्थानीयवासीबाट गाडीधनीले धेरै रकम असुल्ने गरेको गुनासो यत्रतत्र बढेपछि युवा सङ्घ नेपाल रामपुर नगरपालिका-१० पाल्पाले गाडी भाडादर समायोजन ध्यानाकर्षण गराउँदै नगरपालिकामा निवेदन दिएको छ । नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रशासन कार्यालयका प्रमुख, यातायात समिति, पत्रकार, प्रहरीलगायत रोहबरमा गाडीको भाडादर सम्बन्धमा सम्बन्धित यातायात व्यवसायी समितिले तोकेभन्दा बढी रकम असुल्न नमिल्नेमा जोड दिइएको छ ।

युवा सङ्घका सदस्य विपुल पोखरेलले रामपुर नगरपालिकाको गेझा बर्दलेबाट बेझाड बजारसम्म करिब १२ किलोमिटरको दूरीमा रु ३०० तिर्नु परेको गुनासो गरे । “गाडीधनीले मनपरी भाडा लिने गरेका छन्, कालीगण्डकी करिडोरको पक्की सडकमा छोटो दूरीमा धेरै भाडा तिरेर यात्रु गर्नुपर्दा सर्वसाधारण यात्रु मर्कामा परेका छन्” उनले भने ।

बस, कार, भ्यानले मनपरी भाडा असुल्ने गर्दा सर्वसाधारण यात्रु मर्कामा परेकाले भाडा समायोजन गरिदिन अनुरोध गर्दै नगरपालिकामा निवेदन बुझाएको मनिराम पौडेलले बताए । रामपुरको बेझाड बजारदेखि रामटारसम्मको करिब १५ किलोमिटरको दूरीमा नमस्ते रामपुर यातायात प्रालिले रु २०० भाडादर तोकेको छ । तर सम्बन्धित यातायात धनीले दोब्बर भाडा लिने गरेको यात्रुको गुनासो छ ।

यातायात व्यवसायीसँग बसेर निश्चित भाडाको दररेट, गाडी गुड्ने क्षेत्र निर्धारण, ट्राफिक व्यवस्थापनलगायत विषयमा छिट्टै निर्णय गरेर यात्रु महानुभावलाई सुलभ रुपमा सेवा दिने नगर प्रमुख रमणबहादुर थापाले बताए । “समितिले तोकेको भन्दा बढी भाडा असुल्न नपाइने र अब सम्बन्धित निकायले निश्चित भाडादर तोक्नेछ, कसैले अटेर गरेर मनपरी भाडा असुलेको प्रमाणसहित जानकारी आएमा सम्बन्धित निकायले कारबाही गर्नेछ”, नगर प्रमुख थापाले भने ।

इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवान् भक्त अर्यालले नगरभित्र चल्ने गाडीले तोकेको भन्दा पनि बढी भाडादर लिएको बताउँदै निश्चित स्थान छुट्टाएर भाडादर कायम गर्नुपर्ने र गाडी चल्ने स्थानको सिमा निर्धारण हुनुपर्ने धारणा राखे । उनले भने, “सर्वसाधारण नागरिकबाट आएका गुनासा र समस्यालाई समाधानको पाटो खोजिनुपर्ने, टिकट सिस्टम लागू गरियो भने यात्रु गाडी भाडाबाट ठगिने क्रम रोकिने छ, म आफैँ पनि यात्रा गर्ने क्रममा रामपुर नगरभित्र चर्को भाडा तिरेर यात्रा गर्नुपरेको अवस्था छ ।”

नमस्ते रामपुर यातायात प्रालिका सञ्चालक भोजराज भट्टराईले रामपुर बेझाड बजारदेखि रामटारसम्म समितिले रु २०० एकतर्फी भाडादर कायम गरेको र केही व्यवसायीले बढी भाडा लिएको भन्ने कुरा उठेपनि समितिमा भने आधिकारिक जानकारी नआएको बताए ।

केही समय समितिले नगर बस सेवा पनि सुचारु गरेको जानकारी दिँदै उहाँले यात्रु बसमा भन्दा साना गाडी भ्यान, तीन पाङ्गरे गाडीमा आकर्षित हुने गरेकाले नगर बस सेवा अहिले सञ्चालनमा नरहेको बताए ।

यात्रुलाई आफू पुग्ने गन्तव्यसम्मको निश्चित भाडादर जानकारी भएमा यात्रा गर्न सहज हुने र आफू भाडामा ठगिएको जानकारी पाएमा तत्काल सम्बन्धित निकायमा गुनासा राख्न पश्चिम नेपाल बस व्यवसायी समितिका व्यवस्थापक शिव ढकालले सबैमा आग्रह गरे । रासस

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ७ : ५९ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले