१ कार्तिक २०८३, आइतबार | October 18, 2026

सर्वोच्चका न्यायाधीसहरुद्वारा आज पनि इजलास बहिस्कार, छुट्टै छलफलमा व्यस्त



काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले तोकेको इजलासलाई सर्वोच्चका न्यायाधीसहरुले आज पनि बहिस्कार गरेका छन् ।

दुई दिनदेखि इजलासमा नबसेका न्यायाधीसहरुले घोषित बहिस्कार नभने पनि छलफलको नाममा इजलासमा बसेका छैनन् । प्रधानँयायाधीस राणाले आज आफुसहित ११ वटा इजलास गठन गरेका थिए । इजलासमा नबसेका न्यायाधीसहरु हिजोदेखि जारी छलफललाई निरन्तरता दिएका छन् ।

सहरुले हिजो प्रधानन्यायधीस राणासँग भेट गरेका थिए । भेटका क्रममा उनीहरुले राणालाई राजीनामा दिन आग्रह गरेका थिए । तर राणाले आफु संवैधानिक प्रक्रियाबाट नियुक्त भएका कारण राजीनामा नदिने, राजीनामा दिने नै भए विवादमा रहेका अन्य न्यायाधीसले पनि राजीनामा दिनुपर्ने अडान राखेका थिए ।

प्रधानन्यायाधीसको अडानबारे थप छलफल गर्न आज पनि न्यायाधीसहरु अलग्गै छलफलमा बसेका हुन् ।

प्रधानन्यायाधीस राणाले भने इजलासमा बसेर मुद्दा हेर्न थालेका छन् । राणाले आफ्नै एकल इजलासमा राखेका पाँच वटा मुद्दामा आदेश दिएका छन् ।राणाले सोमबार र मंगलबार भने आफ्नो इजलास रोखका थिएनन् ।

कार्यपालिकासँग बार्गेनिङ गर्दै आफु अनुकुलका व्यक्तिहरुलाई नियुक्ति दिलाएको, न्यायालय सुधारमा पहल नगरेको, न्यायापालिकाको मर्यादामा आँच पुर्याउने काम गरेको लगायतका आरोप लगाउँदै न्यायसम्वद्ध संघसंस्थाहरुले राणाको राजीनामा मागिरहेका छन् ।

सहकर्मी न्यायाधीसहरुले नै राणालाई राजीनामाको विकल्प नभएको दबाब दिइरहेका छन् ।

प्रधानन्यायाधीस विवादकै कारण सर्वोच्चमा दुईदिनदेखि कुनै सुनुवाइ हुन सकेको छैन ।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीस राणाले राजीनामा नदिए देशभरका अदालतमा बहस बहिस्कार गर्ने निर्णय गरेको छ । पूर्वप्रधानन्यायाधीसहरु, पूर्व न्यायाधीस फोरम लगायतले पनि राणाले निकास दिनुपर्ने बताइसकेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १२ : ५१ बजे

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर । नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका

समाजसेवी गोपाल रानाले दसैँ खर्च कटाएर जेष्ठ नागरिकका लागि दिए २ लाख रकम

बुटवल । समाजसेवी तथा युवा व्यवसायी गोपाल रानाले आफ्नो दसैँ

भारतीय प्रियागोल्ड बिस्कुटको आयात/बिक्रीमा नेपालमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं । भारतमा उत्पादित प्रियागोल्ड ब्रान्डका बिस्कुटमा मानव उपभोगका लागि

वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपिएल खेल्ने

काठमाडौं । वेष्ट इण्डिजका चर्चित क्रिकेट खेलाडी आन्द्रे रसेलले नेपाल

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको