२६ चैत्र २०८२, बिहिबार | April 10, 2026

१५ जना न्यायाधीशको बैठकमा आउँछौ भनेका सर्वोच्चका २ न्यायाधीस नेपालगन्ज नाका हुँदै भारत छिरे



नेपालगन्ज । प्रधानन्यायाधीश प्रकरणमा काठमाडौमा गरमागरम बहस भईरहेका बेला सर्वोच्चका २ जना न्यायाधीस भने उपचार गर्न भन्दै भारत छिरेका छन् । इजलास बहिस्कार गरेर छलफलमा जुटेका १५ जना न्यायाधीसको बैठकमा आउने आश्वासन दिएका ती २ जना न्यायाधीस बुधबार भारत तर्फ लागेका हुन् । जिल्ला अदालतहरुको निरिक्षण सहित खप्तड यात्रामा निस्केका न्यायाधीसहरु सपना मल्ल प्रधान र अनिल कुमार सिन्हा बुधबार मध्यान्ह नेपालगन्ज नाका हुँदै भारत प्रस्थान गरेका हुन् ।

प्रधान र सिन्हाले मंगलबार मात्र १५ जना न्यायाधीसको बैठकमा सहभागी हुने भन्दै इमेल पठाएको एक न्यायाधीसले बताएका थिए । प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबराको नेतृत्वको क्षमतामाथि प्रश्न उठाउँदै सोमबार र मंगलबार इजलासमा बहिस्कार गरेका न्यायाधीशहरूको बुधबार बिहानै देखी सर्वाेच्चमा बैठक तथा छलफल चलिरहेको छ । सो बैठक भेटाउन काठमाडौं पुग्ने खबर पठाएका २ जना न्यायाधीसको भारत प्रस्थानलाई रहस्यकारुपमा हेरिएको छ ।

न्यायाधीसहरु प्रधान र सिन्हा बुधबार बिहान बझाङबाट नेपाली सेनाको पुमा हेलीकोप्टरबाट नेपालगञ्ज आएर भारत प्रस्थान गरेका थिए । उनीहरु नेपालगन्जको एक होटलमा खाना खाएर भारत तर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले पुष्टी गरे । उनीहरु भारत जानुकाे कारण भने खुलाईएकाे छैन ।

न्यायाधीस सिन्हा बझाङ र मल्ल अछामबाट हेलिकप्टरमा नेपालगन्ज पुगेका थिए । नेपालगन्जबाट सँगै भारतको रुपैडियासम्म गएपनि रुपैडियाबाट फरक फरक भारतीय नम्बर प्लेटको गाडीमा लखनउ तर्फ प्रस्थान भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १ : ५७ बजे

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि, खाना पकाउने ग्यासको मूल्य २०१०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु

बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा आज साँझ भएको सवारी

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा