२२ बैशाख २०८१, शनिबार | May 4, 2024

१५ जना न्यायाधीशको बैठकमा आउँछौ भनेका सर्वोच्चका २ न्यायाधीस नेपालगन्ज नाका हुँदै भारत छिरे



नेपालगन्ज । प्रधानन्यायाधीश प्रकरणमा काठमाडौमा गरमागरम बहस भईरहेका बेला सर्वोच्चका २ जना न्यायाधीस भने उपचार गर्न भन्दै भारत छिरेका छन् । इजलास बहिस्कार गरेर छलफलमा जुटेका १५ जना न्यायाधीसको बैठकमा आउने आश्वासन दिएका ती २ जना न्यायाधीस बुधबार भारत तर्फ लागेका हुन् । जिल्ला अदालतहरुको निरिक्षण सहित खप्तड यात्रामा निस्केका न्यायाधीसहरु सपना मल्ल प्रधान र अनिल कुमार सिन्हा बुधबार मध्यान्ह नेपालगन्ज नाका हुँदै भारत प्रस्थान गरेका हुन् ।

प्रधान र सिन्हाले मंगलबार मात्र १५ जना न्यायाधीसको बैठकमा सहभागी हुने भन्दै इमेल पठाएको एक न्यायाधीसले बताएका थिए । प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबराको नेतृत्वको क्षमतामाथि प्रश्न उठाउँदै सोमबार र मंगलबार इजलासमा बहिस्कार गरेका न्यायाधीशहरूको बुधबार बिहानै देखी सर्वाेच्चमा बैठक तथा छलफल चलिरहेको छ । सो बैठक भेटाउन काठमाडौं पुग्ने खबर पठाएका २ जना न्यायाधीसको भारत प्रस्थानलाई रहस्यकारुपमा हेरिएको छ ।

न्यायाधीसहरु प्रधान र सिन्हा बुधबार बिहान बझाङबाट नेपाली सेनाको पुमा हेलीकोप्टरबाट नेपालगञ्ज आएर भारत प्रस्थान गरेका थिए । उनीहरु नेपालगन्जको एक होटलमा खाना खाएर भारत तर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले पुष्टी गरे । उनीहरु भारत जानुकाे कारण भने खुलाईएकाे छैन ।

न्यायाधीस सिन्हा बझाङ र मल्ल अछामबाट हेलिकप्टरमा नेपालगन्ज पुगेका थिए । नेपालगन्जबाट सँगै भारतको रुपैडियासम्म गएपनि रुपैडियाबाट फरक फरक भारतीय नम्बर प्लेटको गाडीमा लखनउ तर्फ प्रस्थान भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १ : ५७ बजे

नेपालले वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले हरायो

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज

नेपालको तेस्रो विकेट गुम्यो, अनिल साह ५८ रन बनाएर आउट

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’

तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको

वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आसिफ आउट

काठमाडौं । आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा