२ कार्तिक २०८३, सोमबार | October 20, 2026

खेलाडीहरुका करा सुनेर भावुक बने खेलकुद मन्त्री अथक



काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक अग्रज खेलाडीहरुको कुरा सुनेर भावुक भएका छन् । मन्त्री नियुक्त भएपछि आफुलाई भेट्न कार्यालय पुगेका अग्रज खेलाडीहरुको कुरा सुनेर मन्त्री अथक भावुक भएका हुन् ।

भाषण गर्दा खेलाडीलाई राष्ट्रका गहनाका रुपमा भनिने गरिएपनिे खेलाडीहरुलाई राज्यले उपेक्षा गरेको गरेपछि मन्त्री अथक भावुक बनेका थिए । सिंहदरबारस्थित कार्यालयमा मन्त्रीलाई भेट्न पुगेका अग्रज खेलाडीहरु बैकुण्ठ मानन्धर, हरी रोका, दिपक विष्ट, संगिना बैद्य लगाएतले खेलाडीहरुको मनोबल बढ्ने गरी सेवा सुविधाको ब्यवस्था मिलाउन आग्रह गरेका थिए । नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलाडीहरु अझैं पनि न्युन सेवा सुविधामै चित्त बुझाउनुपर्ने बाध्यतामा रहेको खेलाडीहरुको गुनासो थियो ।

अन्तराष्ट्रिय स्तरका खेल खेल्न विदेशी भुमिमा पुगेको समयमा समेत चिया र बिस्कुट खाएर मात्र गुजारा गर्नुपरेको अनुभव आफुसँग रहेको अग्रज खेलाडी बैकुण्ठ मानम्धरले बताए । आफ्नो उर्जावान समय राष्ट्रकालागि दौडिएरै बिताएको बताउँदै मानन्धरले राज्यबाट प्राप्त सेवा सुविधाले जिवन धान्न सक्ने अवस्था नरहेको जनाए ।

खेलाडीहरुको गुनासो सुनिसकेपछि मन्त्री अथकले आफु निकै भावुक भएको बताउँदै नेपाली खेल क्षेत्रको समग्र विकासकालागि नयाँ ढंगको संघर्ष आवश्यक रहेको उल्लेख गरे । समग्र नेपाली युवा तथा खेलाडीहरुको भविश्य निर्माणको जिम्मेवारी आफ्नो काँधमा आएको बताउँदै मन्त्री अथकले सबै पक्षसँगको सहकार्यबाट खेल क्षेत्रलाई माथि उठाउन मन्त्रालयले दिर्घकालीन योजना ल्याउने तयारी गरीरहेको समेत जानकारी दिए । साफमा उपविजेता हुन सफल नेपाली फुटबल टिमका खेलाडीहरुलाई आफ्नै पहलमा जनही ५ लाख पुरस्कारकाको ब्यवस्था मिलाएको बताउँदै मन्त्री अथकले खेलाडीहरुको हौसाला तथा क्षमता विकासमा मन्त्रालयले कुनै कन्जुस्याई नगर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  २ : ३२ बजे

सरकारी राँगोको मार हान्न पाँच लाख ५ हजार रूपैयाँ बोलकबोल

म्याग्दी । रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको

पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ । पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

चितवन । चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

राष्ट्रिय खेलकुदका लागि गण्डकीका स्थानीय तहदेखि नै खेलाडी छनोट गरिँदै

कास्की । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशमा खेलाडी छनोट