२१ असार २०८३, आइतबार | July 6, 2026

५९ सांसदको हस्ताक्षर सहित बागमती प्रदेश मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी प्रस्तुत



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै प्रदेशको मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनका तर्फबाट राजेन्द्र पाण्डेले दावी पेश गरेका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता पाण्डेले गठकन्धनका सांसदहरु सहित ५९ सांसदको हस्ताक्षर रहेको मुख्यमन्त्री पदमा दावी प्रदेश प्रमुख समक्ष पेश गरेका हुन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले शाक्यको राजीनामा स्वृकित गरेर प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेसँगै बुधबार नै पाण्डेले काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपासहितका सांसदको समर्थनमा दावी पेश गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले बिहीबार अपरान्ह ३ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका थिए । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा ९१० को खण्ड (क) बमोजिम बुधबार प्रदेश प्रमुख समक्ष लिखित राजीनामा बुझाएकी थिइन् ।

बागमती प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेका कारण प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई आफ्नो दाबी पेश गर्न प्रदेश प्रमुख शर्माले आह्वान गरेका थिए ।

१०९ सदस्यीय बागमती प्रदेशसभा सरकार बनाउन ५५ सांसदको समर्थन आवश्यक पर्दछ । प्रदेशसभामा माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३ र जसपाका एक जना प्रदेश सभाका सदस्य गरि ५९ जनाको हस्ताक्षर सहितको दाबी नेता पाण्डेले प्रस्तुत गरेका थिए ।

प्रदेश सभाका ५६ सदस्य रहेको एमालेका १३ जना प्रदेश सभाका सदस्यले एकीकृत समाजवादी रोजेसँगै एमाले अल्पमतमा परेको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ५ : ५७ बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ