१ पुस २०८२, मंगलबार | December 17, 2025

माधव नेपालको आरोप – न्यायालय बिगार्ने ओली हुन्



धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीकै कारण न्यायालयमा समस्या उत्पन्न भएको आरोप लगाएका छन् ।

धनगढी विमानस्थलमा संचारकर्मीसँग आज कुरा गर्दै अध्यक्ष नेपालले देशको प्रणालीमै हस्तक्षेप गरी भत्काउने ओली प्रवृत्तिको उपज अहिले देखिएको बताए ।

नेपालले ओलीले न्यायालयलाई अनावश्यक रिस पोख्ने काम गरेको पनि आरोप लगाए । ‘न्यायपालिकामा हस्तक्षेप गर्ने काम ओलीबाटै भएको हो’ नेपालले भने ‘न्यायापालिकालाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्नेमा ओलीले अनावश्यक रिस साँधिरहनुभएको छ । स्वतन्त्र न्यापालिकालाई लान्छना लगाउने काम गर्दै आउनुभएको छ ।’ नेपालले भने ‘ओलीको अनुचित, हस्तक्षेपकारी र देशको सबै प्रणलीलाई भत्काउने प्रबृतिको उपज अहिले देखिएको छ । उहाँको असहिष्णु स्वभाव, अलोकतान्त्रिक र जवजविरोधी स्वभाव र चरित्र नै यो मुलुकका लागि ठूलो समस्या भएको छ ।’

देशको स्वतन्त्र न्यापालिकाको मामिलामा हस्तक्षेप गर्न नहुने नेपालको भनाइ थियो । ‘ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुलाई हटाउनुपर्दछ भनी कुरा बाहिर आएको छ, त्यो अत्यन्तै नाजायज र अनुचित कुरा हो’, अध्यक्ष नेपालले भने।

न्यायालयमाथि ओलीको टिप्पणीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आपत्ति प्रकट गरेका थिए ।

यस्तै अध्यक्ष नेपालले प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउनेबारे गठबन्धनमा कुनै छलफल नभएको बताए । ‘गठबन्धनमा महाअभियोगको विषय प्रवेश नै गरेको छैन, छलफलै भएको छैन । पाँच दलको बैठक बस्न सकेको छैन, यसबारे अनि मात्र थप कुरा भन्न सकिन्छ’, नेपालले भने ।

अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) नयाँ संस्कार र संस्कृति स्थापना गर्न नयाँ सोच र मान्यता बोकेको पार्टी भएको दाबी गरे । “कम्युनिष्ट पार्टी नेताप्रधान नभई नीति र विचारप्रधान हो”, उनले भने ।

फरक प्रसङ्गमा अध्यक्ष नेपालले आउँदो निर्वाचनमा अहिलेका गठबन्धन दलहरुको सहकार्य हुने तर कुनै पार्टीसँग एकता नगर्ने स्पष्ट पारे ।

 

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  १२ : ४८ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष