३ पुस २०८२, बिहिबार | December 18, 2025

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फारम अनिश्चितकालका लागि बन्द



काठमाडौं । ६ महिना पछि खुलेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फारम खुलेको २ दिन नबित्दै अनिश्चितकालका लागि बन्द गरिएको छ । अनलाइन प्रणालीमा बिहीबार दिउँसोदेखि प्राविधिक समस्या देखिएको भन्दै यातायात व्यवस्था विभागले अर्को सूचना नगर्दा सम्मका लागि आवेदन बन्द गरेको हो । पोर्टलमा समसस्या देखिएको र त्यसको मर्मतका लागि सेवा बन्द गरिएको विभागले जनाएको छ ।

विभागले बिहिबार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै आवेदन बन्द गरिएकोबाट सेवाग्राहीलाई पर्न जाने असुविधाका लागि क्षमा समेत मागेको छ । गत बैशाख १७ गते देखि बन्द रहँदै आएको लाइसेन्सको आवेदन गत मंगलबारबाट मात्र खुल्ला गरिएको थियो ।

मुलुकमा कोरोना संक्रमणको महामारी बढ्दै गएपछि सरकारले जारी गरेको निषेधाज्ञाका कारण विभागले आवेदन लिन बन्द गरेको थियो । पुराना आवेदनको ट्रायल तथा लाईसेन्स वितरण गरेपछिमात्र नयाँ आवेशदन लिने अडानमा रहेको विभागलाई चौतर्फी दबाव आएपछि पुराना आवेदनको काम तामेल नहुँदै मंगलबारबाट आवेदन खोलिएको थियो । ढिलागरी खुलेको पोर्टलमा एकैपटक आवेदकको चाप पर्दा समस्या आएको विभागले जनाएको छ ।

 

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ६ : ०९ बजे

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,