१० श्रावण २०८३, आइतबार | July 27, 2026

नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हानाहान



काठमाडौं । सर्वोच्च परिसरमा वकिलहरुबीच कुटाकुट भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्ष र विपक्षाका वकिलबीच आज सर्वोच्च परिषरमै हानाहान भएको हो ।

नेपाल बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो । अधिवक्ता न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको थियो ।

प्रधानन्यायाशीश जबराको पक्षका वकिल चुडालले न्यायालय बन्धक बनाउन हुँदैन । सर्वसाधारणले दुःख पाए । इजलास सूचारु हुनुपर्छ भनेपछि न्यौपानेले चुडालमाथि आक्रमण गरेका थिए ।

यसअधि देखिनै न्यायाधीशहरुले गरेको बेन्च बहिष्कारको विरुद्धमा चुडालले मिडायमा बोल्दै आएका थिए । यहि विषयमा कुरा झिक्दै भएको विवादमा आज न्यौपाने र चुडालबीच हानाहान भएको हो । न्यौपाने प्रधानन्यायाधिशले राजिनामा दिनुपर्छ भन्ने पक्षमा वकाल गर्दै आएका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  २ : २२ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले