२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हानाहान



काठमाडौं । सर्वोच्च परिसरमा वकिलहरुबीच कुटाकुट भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्ष र विपक्षाका वकिलबीच आज सर्वोच्च परिषरमै हानाहान भएको हो ।

नेपाल बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो । अधिवक्ता न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको थियो ।

प्रधानन्यायाशीश जबराको पक्षका वकिल चुडालले न्यायालय बन्धक बनाउन हुँदैन । सर्वसाधारणले दुःख पाए । इजलास सूचारु हुनुपर्छ भनेपछि न्यौपानेले चुडालमाथि आक्रमण गरेका थिए ।

यसअधि देखिनै न्यायाधीशहरुले गरेको बेन्च बहिष्कारको विरुद्धमा चुडालले मिडायमा बोल्दै आएका थिए । यहि विषयमा कुरा झिक्दै भएको विवादमा आज न्यौपाने र चुडालबीच हानाहान भएको हो । न्यौपाने प्रधानन्यायाधिशले राजिनामा दिनुपर्छ भन्ने पक्षमा वकाल गर्दै आएका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  २ : २२ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले