२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

अफगानी नागरिक नेपाल छिर्ने आशँकामा नेपालगन्ज नाकामा सुरक्षा जाँच कडा पारियो



नेपालगन्ज । नेपालमा गैरकानुनीरुपमा अफगानिस्तानीहरु प्रवेश गरेको भेटिएपछि नेपाल भारत सीमाको नेपालगन्ज नाकामा कडाई गरिएको छ । तालिवानको कब्जापछि अफगानिस्तानबाट बिस्थापित नागरिकहरु नेपाल प्रवेश गरेको पाइएपछि नाकामा कडाई थालिएको हो । प्रहरीले आजै बाट नेपालगन्जको जमुनाहा नाकामा सुरक्षा जाँच कडा पारेको छ ।

खुला नाकाका कारण आफगानीहरु बाँके हुँदै नेपाल प्रवेश गर्नसक्ने आँकलन गर्दै सीमानाकामा कडाई गरिएको बाँके प्रशासनले जनाएको छ । सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको तैनाथी बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जानकारी दिए ।

आफगानीहरु नेपाल प्रवेश गर्दा भारतीय अधारकार्डको प्रयोग गरेको पाइएका कारण भारतीय आधार कार्ड देखाएर प्रवेश गर्न खोज्नेहरुमाथि पनि निगरानी बढाइएको प्रहरीले जनाएको छ । आफगानिस्तानमा तालिवानको कब्जापछि हजारौँले देश छाडेको समाचारहरु आइरहेका छन् ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ११ : ०८ बजे

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु

तनहुँ । नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ

ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ । घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह

त्रिवेणी गाउँपालिकामा अदुवा बिक्रीबाट मात्रै पाँच करोड ५६ लाख ५० हजार भित्रियो

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा

दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’

कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ जना घाइते

कपिलवस्तु । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा