१० श्रावण २०८३, आइतबार | July 27, 2026

आगामी आम निर्वाचनसम्म सत्ता गठबन्धन कायम रहन्छ : गृहमन्त्री खाँण



बुटवल । काँग्रेसका कतिपय नेताहरुले आगामी निर्वाचनमा कसैसँग गठबन्धन नगरि एक्लै निर्वाचनमा जानुपर्ने माग गरिरहेका बेला गृहमन्त्री समेत रहेका काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले भने आगामी आम निर्वाचनसम्म गठबन्धन कायम रहने बताएका छन् । गृहजिल्ला रुपन्देहीमा आफ्नै निवासमा भेला भएका कार्यकर्ताहरुलाई संक्षिप्त सम्बोधन गर्दै सत्ता गठबन्धनमा रहेका दलहरु आगामी आम निर्वाचनसम्म संगै रहने बताए । उनले संविधानको रक्षा, जनताको चाहना र विश्वासलाई अझ बजबुद बनाउने दाबी गर्दै संविधानको कार्यान्वयन र व्यबस्था रक्षाको लागि सरकार गम्भिर रहेको स्पष्ट पारे ।

कार्यबाहक प्रधानमन्त्रीको समेत जिम्मेवारीमा रहेका खाँणले संविधानको मुलधारमा नआएका राजनीतिक दलहरुलाई कसरी मुल धारको राजनीतिमा ल्याउन सकिन्छ भन्ने विषयमा सरकार क्रियाशिल रहेको बताउँदै त्यसको लागि सरकारले संविधानको मुलधारमा नआईसकेका बिभिन्न राजनीतिक दलहरुसंग संवादको थालनी गरिएको जानकारी दिए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र सबैको लागि स्वीकार्य हुने विश्वास व्यक्त गर्दै संविधान र व्यबस्थाका प्रति सबैको स्वामित्व स्थापित हुने समेत अपेक्षा गरे ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा स्पेनबाट अनुदानमा प्राप्त बुद्धमुर्ती अनावरण गर्ने कार्यक्रममा सहभागी हुन गसहजिल्ला आएका गृमहन्त्री खाँणले विमानस्थलमा स्थापना हुने बुद्धको मुर्तिले बुद्धको प्रतिष्ठा पनि बढ्ने र बुद्ध लुम्बिनीमा जन्मिनुभएको हो भन्ने सन्देश पनि दिने विश्वास व्यक्त गरे ।

स्पेनबाट अनुदानमा प्राप्त २ अर्व बढीको मुर्तिको आज राष्ट्रपनि विद्यादेबी भण्डारीले अनावरण गर्दैछिन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ३ : ४० बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले