६ असार २०८३, शनिबार | June 20, 2026

सिन्धुपाल्चोकको चौतारामा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय



काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी स्थित शाखा कार्यालय चौतारा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले ताम्रपत्र अनावरण गरी बैंकको चौतारा शाखा कार्यालय एवं एटिएम सेवाको शनिबार विधिवत रुपमा समुदघाट्न गरेका छन् ।

उक्त अवसरमा प्रतिनिधि सभाका सभामुख सम्माननीय अग्निप्रसाद सापकोटाले राष्ट्रिय वाणिज्य बैंकमा बैंकिङ्ग कारोबार गर्र्दा विश्वसनीय, सस्तो र सहज भएकाले नागरिकले बैंकसंग कारोबार गरी सरकारलाई सहयोग गर्नुपर्ने बताए ।

उनले अबको युग डिजिटल प्रविधिको प्रयोग तर्फ गईरहेकाले डिजिटल बैंकिङ्ग कारोबारबाट हुने जोखिमलाई न्यूनिकरण गर्दै डिजिटल बैंकिङ्गमा जोड दिनुपर्ने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आम नागरिकलाई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्दै सरकारी नीति तथा कार्यक्रममलाई सघाउ पुग्ने गरी प्राथमिकताका साथ कार्य गरिरहेको बताए ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ४ : १४ बजे

महाधिवेशनले रास्वपालाई नयाँ ऊर्जा दिनेछ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

लागुऔषधको कारोबारे नियन्त्रण गर्न प्रहरीबाट गोली प्रहार, ३ जना पक्राउ

काठमाडौँ । प्रहरीले गोली प्रहार गरि लागुऔषधका कारोबारेहरुलाई नियन्त्रणमा लिएको

भरतपुरमा रास्वपा केन्द्रीय समितिको औपचारिक अन्तिम बैठक

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को औपचारिक अन्तिम बैठक बसिरहेको

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६

सीटीईभीटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को रिक्त