२४ बैशाख २०८१, सोमबार | May 7, 2024

बाँकेको २ घटनामा गठन भएको छानविन ‍समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन



नेपालगन्ज । बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको घटना छानविन गर्न गठन गरिएको समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई छानविन प्रतिवेदन बुझाएको छ । आइतबार छानविन समितिका संयोजक सहसचिव हिरालाल रेग्मी सहितको समितिले गृहमन्त्रीलाई छानविन प्रतिवेदन बुझाएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका–१७ घर भएकी एकल महिला निर्मला कुर्मीलाई उनको नाममा भएको ४ बिगाहा १० कठ्ठा जग्गा डर देखाएर जालझेल गरि हडपेको छानविन समितिले निष्कर्ष निकालेका छ । निर्मलाका पति महलु कुर्मीको २०६२ मा नै मृत्यु भएको थियो भने उनका दुई छोराले २०६६ मंसिरमा १० दिनको फरकमा ज्यान गुमाएका थिए । पति र छोराहरुको मृत्यु भएपछि एकल बनेकी महिलाको सम्पत्ती संरक्षण गरिदिने भन्दै तत्कालिन सांसद एवं काँग्रेस नेता बादशाह कुर्मीले लालपुर्जा राखिदिएपछि विवादको सुरुवात भएको थियो । कुर्मीले जबर्जस्ती लालपुर्जा कब्जा गरेको भन्दै निर्मलाले विरोध गरेपछि बादशाहले २०६६ मा सार्वजनिक स्थानमा निर्मलामाथि कुटपिट समेत गरेका थिए ।

विवाद चर्कंदै र्गपछि सांसद कुर्मीले असधकारकर्मीको रोहबरमा कागजपत्र प्रशासनमा बुझाउनु परेको थियो । त्यस यता सोही जग्गा हातपार्न निर्मलाले आफूबाट विभिन्न समयमा ऋण लिएको देखाएर अदालतमा मुद्दा हाली नेपालगञ्ज धम्बोजी बस्ने पार्वती विष्टका नाममा २०६९ भदौ ६ गते जग्गा नामसारी गराएको र त्यसपछि विष्टको नामबाट रत्ना थापाको नाममा सारिएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

धनसम्पत्तिका लागि निर्मलाको अपहरण गरी हत्या गरेको आरोपमा बादशाह कुर्मी, रमेश थापाकी श्रीमती रत्न थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, कुँवर बब्बन सिंह, उर्मिला कनौजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंहका नाममा जिल्ला अदालतमा बाँकेस्थित महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य मनकुमारी गुरतालको तर्फबाट दायर गरिएको मुद्दा बिचाराधिन छ ।

बाँके प्रहरीले निर्मलाको जग्गा हडप्ने उद्देश्यले घटनाहरु भएको पुष्टि हुने आधार देखिएपनि निर्मलाको हत्या भएको भन्ने कुराको आधार नभेटिएको बताउँदै आएको छ ।

सोही प्रकरणको अर्को घटनामा जानकी गाउँपालिका–२ स्थित नेवाजीकी नन्कुन्नी धोबीको हत्या आरोपी भने अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा माताप्रसाद धोबीले रामकुमार धोबी र इतवारी धोबी उर्फ लक्षिराम विरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका थिए । अदालतले दुवै आरोपीहरुलाई भदौ १९ मा पुर्पक्षका लागि कारागार चलान गरेको थियो । समितिले मुद्दा विचाराधीन रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नन्कुन्नी–निर्मलाको न्यायका लागि संघर्ष गरिरहेको समितिले निर्मलाको अवस्था अझै अज्ञात रहेको दावी गरेको छ । तर, भारतको विहारस्थित जगन्नाथपुरमा २१ महिनाअघि उनको मृत्यु भएको भनेर ग्राम पञ्चायतमा मृत्यु भएको देखिएको बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले खबरकुरालाई बताएका छन् ।

निर्मला कुर्मीको सम्पती हडप्नका लागि गरिएको किर्ते र जालझेलबारे थप छानविनका लागी विज्ञ टोली बनाउन समेत छानविन समितिले सिफारिस गरेको छ ।

समितिमा प्रहरी उपरीक्षक रामप्रकाश शाह, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक वीरेन्द्रसिंह कार्की, उपसचिव रामप्रसाद लम्साल, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत अमरराज सेजुवाल र अधिकारकर्मी मोहम्मद शेर बागवान सदस्य रहेका थिए ।

छानबिन प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा लेखेर पठाउने गृहमन्त्री खाणले बताएका छन् । प्रतिवेदन बुझ्दै खाणले भने– ‘छानबिनको निष्कर्ष कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउँछौँ ।’

घरेलु हिँसाका कारण हत्या भएको घटनालाई प्रहरीले आत्महत्याको रुप दिएको तथा एकल महिलालाई अपहरण र बलात्कार गरि हत्या गरिएको घटनामा पिडितले न्याय नपाएको भन्दै नेपालगन्जबाट हिँडेर काठमाडौं पुगेरे अधिकारकर्मी रुबी खान सहितको टोलीले आमरण अनसन गरेपछि गृहमन्त्रालयले छानविन समिति गठन गरेको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  १० : २३ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,