२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

प्रथम तिलोत्तमा जिल्ला स्तरिय खुल्ला तेक्वान्दो प्रतियोगिता २०७८ : आयोजक तिलोत्तमा तेक्वान्दो च्याम्पियन



बुटवल । प्रथम तिलोत्तमा जिल्ला स्तरिय खुल्ला तेक्वान्दो प्रतियोगिता २०७८ को उपाधि आयोजक तिलोत्तमा तेक्वान्दो डोजाङले हात पारेको छ । आयोजक डोजाङले ५ स्वर्ण, ४ रजत र ४ कास्य पदक जित्दै प्रथमस्थान हासिल गरेको हो ।

यसैगरि ४ स्वर्ण, ४ रजत पदक जित्दै बुटवल तेक्वान्दो डोजाङ दोस्रो भएको छ भने प्रभात सेकेण्डरी बोर्डिङ स्कुल ३ स्वर्ण, ३ रजत र ७ कास्य पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा आयोजक डोजाङका सक्सेस दर्जी तथा बुटवल डोजाङका सुस्मिता रामजालीमगर उत्कृष्ट खेलाडी घोषित भएका थिए । तेक्वान्दो खेल र खेलाडीहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ गरिएको प्रतियोगिता उत्साह पूर्ण सहभागिताका कारण दुई दिन संचालन भएको सिमानगर ब्यवस्थापन समितिका अध्यक्ष तथा खेल संयोजक ओम बहादुर गुरुङले बताए ।

विजयी खेलाडीहरुलाई एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री बसुउद्दिन खान, तिनपा वडा नं. ४ का वडाअध्यक्ष दिवाकर ढकाल, नेपाल तेक्वान्दो संघको केन्द्रिय सदस्य कोसिस बहादुर खड्का, नेपाल तेक्वान्दो संघ जिल्ला अध्यक्ष दिपेन्द्र बुढाप्रीत लगायतले विजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरेका गरेका थिए ।

प्रतियोगितामा पुरुषतर्फ पुम्पे विधामा १५, १८, २१, २३, २५, २८, ३२, ३६, ४०, ४५, ५४, ५८, ६२ केजी तथा महिलातर्फ १६, २४, २७, ३०, ३४, ३७, ४०, ४८ केजी गरि १३ वटा पुरुष र ९ वटा महिला तौल समुहमा खेल भएको आयोजक डोजाङका अध्यक्ष विष्णु कुमार चौधरीले बताए । प्रतियोगितामा १८ वटा डोजाङका ४ सय खेलाडीहरु भाग लिएका थिए । प्रतियोगिता आयोजनाका लागि वडा कार्यालयबाट ४० हजार रुपैया, सिमानगर टोल बिकास समितिबाट २५ हजार रुपैया सहयोग भएको समेत उनले जानकारी दिए ।

 

 

 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ३ : ३५ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात